सुर्खेतको भेरिगंगामा एक करोडको लगानिमा कथ्था उद्योग संचालन, स्थानिय तथा प्रदेश सरकार बाट सहयोग नहुदाँ निरास

Jan 12, 2019

सुर्खेको भेरिगंगा नगरपालिका वडा नम्वर आठमा एक करोडको लगानिमा कथ्था उद्योग संचालनमा ल्याईएको छ ।
स्थानिय गगने कामी, ददिराम कामि र लक्षीराम कामिले एक करोड लगानि गरि उद्योग संचालनमा ल्याएका हुन् ।
नेपाल सरकारको हलिया मुक्त तथा सुकुमबासि उनिहरुले प्रदेश सरकारलाई समेत चुनौती दिने गरी उद्योग संचालन गरेका हुन् ।
यहि मंसिरको महिना देखी संचालनमा आएको उद्योगमा अहिले असि जना कामदार रहेको उद्योग संचालक गगने कामीले बाउनुभयो ।
करिव २० वर्ष भारमा बसि काम सिप सिकेर नेपालमा उद्योग संचालन गरेको उनिहरुको भनाई रहेको छ ।
खयरको रुखबाट बनाई कथ्था कपडाका कलर लगाउन, पेन्टीङ तथा औषधिका लागी समेत प्रयोग गर्ने गरिन्छ ।
आफुहरले उपादन गरेको बस्तु अहिले भारतमै बिक्री गर्ने लक्ष्य रहेको संचालकहरुको भनाई रहेको छ ।
यस्ता उद्योगहरुलाई प्रोतसाहान गर्ने भेरिगंगा नगरपालिका वडा नम्वर आठका वडा अध्यक्ष पदम बहादुर खत्रीले बताउनुभयो ।
उद्योग संचालकहरुले भने स्थानिय सरकार तथा प्रदेश सरकार कसैले पनि सहयोग तथा अवलोकन नगरेको बताएका छन् ।