एकिकृत बालविकासको लागि ७ करोड १३ लाखको बजेट प्रस्ताव

Jan 8, 2019

तपेन्द्र कुँवर
पौष २४, अछाम

साँफेबगर नगरपालिकाले बालबालिकाको एकिकृत बालविकासको लागि आर्थिक वर्ष ०७५/०७६ को लागि ७ करोड १२ लाख ९८ हजारको बजेट प्रस्ताव गरेको छ । साँफेबगर नगरपालिकाका पाँच वडाको बर्थिङ्ग सेन्टर निर्माण गर्न ६ करोड प्रस्ताव गरिएको छ ।

एकिकृत बालविकासको लागि १ करोड १२ लाख ९८ हजारको बजेट प्रस्ताव गरिएको साँफेबगर नगरपालिकाका प्रमुख कुलबहादुर कुँवरले जानकारी दिनुभयो । एकिकृत बालविकास अन्र्तगत गर्भवति पहिचान, परामर्श दिने, गाउँघर क्लिनिक सुदृढीकरण, स्तनपान कक्ष, सुरक्षित मातृत्व, पूर्ण खोप निरन्तरता, कमतौल भएका शिशुहरुको स्याहार कार्यक्रम सञ्चालन गर्ने नगर प्रमुख कुँवरले जानकारी दिनुभयो ।

एक घर एक करेसाबारी, बाल तथा अपाङ्ग मैत्री धारा निर्माण गर्ने जनाईएको छ । नगर प्रमुख कुलबहादुर कुँवरले सरोकारवालाको सहभागितामा बनाएको प्रस्तावलाई नगर कार्यपालिकाबाट पारित गर्ने प्रतिबद्धता जनाउनुभयो ।

यस्तै एकिकृत प्रारम्भिक बालविकास कार्यक्रमलाई कार्यान्वनको लागि नगर प्रमुखको नेतृत्वमा ९ सदस्सिय कार्यदल गठन गरेको छ । कार्यदलमा उपप्रमुख विर्मला वुड्थापा, वडा अध्यक्ष अमर शाह, शिक्षाको तर्फबाट हरिप्रसाद जोशी, स्वास्थ्य संयोजक सुरत खड्का, कृषि शाखाका प्रमुख सुरेन्द्र कुँवर र सदस्य सचिवमा निमित्त प्रमुख प्रशासकिय अधिकृत खेमराज देवकोटा रहनुभएको छ ।
कार्यक्रमा बाेल्दै साँफेबगर नगरपालिकाका उपप्रमुख विर्मला वुड्थापा, नगरपालिकाका निमित्त प्रमुश प्रशासकिय अधिकृत खेमराज देवकोटा, वडा अध्यक्ष कालु सिंह कुँवर, उजिर सिंह साउद, पातलकोट स्वास्थ्य चौकीका ईन्चार्ज टेकबहादुर खड्का, वडा सचिव उमाकान्त जोशीले कार्यक्रमलाई कार्यान्वयनको लागि पहल चाल्ने बताएका थिए ।

गोष्ठिमा नगर प्रमुख, उपप्रमुख, नगरपालिकाका कर्मचारी, विषयगत शाखाका प्रमुख, स्वास्थ्य चौकाका ईन्चार्ज लगायतको सहभागिता रहेको थियो । गोष्ठिको सहजिकरण सेतो गुराँसका जिल्ला संयोजक मिना ढुंगानाले गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन शिक्षा शाखाका प्रमुख नरबहादुर काक्रीेले गर्नुभएको थियो ।