स्वास्थ्यकर्मीनै संक्रमित भएपछी अर्घाखाँची अस्पतालमा प्रसुती र अत्यावश्यक बाहेकका सम्पुर्ण सेवा बन्द

Oct 7, 2020

रुद्रमणि भुसाल
असोज २१ अर्घाखाँची ।
 

अर्घाखाँची अस्पतालका डाक्टर जगदिश शर्मा लगायतका स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएपछि जिल्ला अस्पताल अर्घाखाँचीका प्रसुती र अत्याबस्यक बाहेकका सम्पुर्ण सेवा बन्द गरिएको छ ।

बिरामीको उपचारमा खटिएका डाकटर लगायत स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि अर्घाखाँचीका प्रसुती र अत्याबस्यक बाहेकका सम्पुर्ण सेवा बन्द गरिएको जिल्ला अस्पताल अर्घाखाँचीका प्रमुख डाक्टर कपिल गौतमले जानकारी दिए । समुदाय स्तरमा बढी समाजमा घुलमेल हुनेहरु जिल्ला स्तरीय उच्च तहका बर्गमा रहेका १३ जनामा कोरोना संक्रमण देखिएको हो ।

जिल्लाका बिभिन्न स्थानमा गएका पहिरो प्रभावितहरुको राहात तथा पुर्नस्थापनामा खटिएकाहरुमा कोरोना देखिएको अनुमान गरिएको छ । यसअघि आश्विन ६ गते देखि परेको अबिरल बर्षाका कारण जिल्लाको विभिन्न ठाउँमा भएको बिपद ब्यवस्थापन राहत उद्वार र पुर्नस्थापनामा खटिएकै बेला जिल्लाका प्रमुख जिल्ला अधिकारी लगायत ७ जनामा संक्रमण पुष्टि भएको थियो ।

त्यसको दुई दिनपछि गरिएको स्वाब परिक्षणमा सोही विपद ब्यवस्थापनमा संगै खटिएका १३ जनामा समेत संक्रमण पुष्टि भएको जिल्ला जन स्वास्थ्य निरिक्षक गणेशराज पौडेलले बताए ।