समाचार प्रभाव, खाद्यान्न पाएपछि खुसी

जगतदल जनाला विक

सुर्खेत । २०७७ असार १५ गते सोमबार कर्णाली टाइम्स डटकममा न आउँछ राहत, न पाइन्छ काम शिर्षकमा समाचार प्रकाशित भएपछि विश्व खाद्य कार्यक्रममा [WFP NEPAL] कार्यरत कर्मचारीहरुले खाद्यान्न सहयोग गरेका छन् ।खाद्यान्न पाएपछि पिडित परिवारहरु खुसी भएका छन् ।

उक्त कार्यक्रममा कार्यरत कर्मचारीले  स्वयंसेवक रुपमा कोरोना महामारीका कारण लकडाउनको समयमा खाद्य समस्यामा परेका वीरेन्द्रनगरका अति विपन्न ७ घरपरिवारलाई सहयोग गरेका छन् ।कर्णाली टाइम्ससँगको सहकार्यमा साउन २ गते शुक्रबार उक्त खाद्य सामग्री घरमैं गएर वितरण गरिएको हो ।
लकडाउनका कारण समस्या परेका बेला खाद्यान्न पाएपछि वीरेन्द्रनगर–८,की ६० वर्षीया पञ्ची नेपाली खुसी भइन् । ‘आज भोली कामकाज पनि गर्न पाइएको छैन, कतैबाट राहत पनि आउँदैन किनौं भने पैसा पनि छैन,’ पञ्चीले भनिन्, रोजगार विहिन भएपछि बिहान, बेलुका के खाने भन्ने चिन्ता बढेको छ ।’

लकडाउनका कारण काम विहीन भएको बेला सहयोग गरेको भन्दै विश्व खाद्य कार्यक्रम नेपालका कर्मचारीलाई धन्यवाद समेत दिइन् ।
दैलेख घर भै वीरेन्द्रनगर–४ मा भाडामा बस्दै आएका दाले विक लामो समयदेखि खुट्को क्यान्सले पिडित छन् । उनको दैनिकी भनेको बजारमा मागेर मात्र चल्छ तर लकडाउन भएदेखि ६ जनाको उनको परिवारले खाद्यान्नको समस्या झेल्दै आएका छन् ।
अप्ठारो परिस्थितिमा पनि आफुलाई सहयोग गरेर ठुलो गुन लगाएको उनको भनाई छ ।

यस्तै कर्मचारीहरुले नै लकडाउनका कारण दैनिक बिहान, बेलुका छाक टार्न मुस्कील परेका दैलेख नारायण नगरपालिका नमुना बस्तीका सिमान्तकृत, अतिविपन्न समुदायका ४५ घरपरिवार, कालिकोट खाँडाचक नगरपालिकाका ९ घरपरिवार , सुर्खेत वीरेन्द्रनगर नगरगपालिकाका ७ घरपरिवारलाई खाद्यान्न सहयोग गरेका छन् ।
प्रति घरपरिवारलाई दुई हजार बराबरको खाद्य सामग्री वितरण गरिएको छ ।

या पनि पढ्नुहोसः

https://karnalitimes.com/?p=2746