बिउबिजन समयमै पाउन थाल्यौ ,ठूला समारोहमा बोल्न सक्ने भयौं : रेडियो श्रोता समूहका सदस्य

Feb 25, 2021

बिकास थापा
कपिलवस्तु फाल्गुण १३ ।
कपिलवस्तुमा गठन गरिएका २ वटा रेडियो श्रोता समूहले स्थानिय तहसंग नजिक भएर काम गर्न थाले संगै पालिकाबाट पाउने सेवा सुबिधामा सहजता थपिएको छ । कुनै समय तरकारीको बिउ बिजन , औषधी ,पशु खोप पाउन पालिकामा गईरहने पर्ने र समयमै चाहिएको बेला बिउबिजन र अन्य सेवाबिधा नपाउने गरेका स्थानियले आजभोली समयमै सेवा सुबिधा पाउदै गएका छन । भने पालिकाले समूहका माग र आवश्यकतालाई पालिकाको श्रोत साधानले भ्याएसम्म बिशेष चासोका साथ पू्रा गर्दै गईरहेको छ । पारस्परिक जबाफदेहिता परियोजना मार्फत बिजयनगर गाउपालिका २ मधवानगर र ईम्लिखर्क गाउँमा गठन गरिएका २ समूह छन । जसले स्थानिय तहसंग नजिक भएर काम गर्न थालेको छ ।

No description available.समूहले पारस्परिक जबाफदेहिता परियोजना अन्तगर्त इक्वेल एक्सेसबाट रेडियो कार्यक्रम साझाबोली सुन्दै हरेक महिनाको २ पटक बैठक बस्दै आएको थियो । साझाबोली रेडियो कार्यक्रम सुनेर समूहका सदस्यहरुले बिभिन्न पालिकाले दिने सेवा सुबिधा बुझिरहदा आफ्नो पालिकामा त्यो सेवा सुबिधा कसरी दिने गरेको छ ? लगाएतका बिषयमा चासो राख्दै अघि बढिरहेका छन ।
No description available.फोटो ः गाउपालिका अध्यक्ष थापा समूहको बैठकमा
कहिले समूहले प्रत्यक्ष रुपमा पालिकाका जनप्रतिनिधि र कर्मचारीलाई बैठकमा बोलाई बिभिन्न बिषयमा छलफल गर्दै आएका छन । बैठकमै २ वटै श्रोता समहले बिजयनगर गाउपालिकाका अध्यक्ष गोपाल थापालाई बोलाई आआफ्ना समस्या राख्नुका साथै स्थलगत रुपमा गाउमा भईरहेको बिकास निर्माण र समस्याका बारेमा अनुमगन गराएका छन । बैठकमा समूहका सस्दयले यस चालु आर्थिक बर्ष २०७७÷७८ मा भएका कार्यक्रम र योजनाहरुका बिषयमा जानकारी गराउन अध्यक्ष थापालाई भनेका थिए । यता गाउपालिकामा रहेका बिभिन्न समूह ,संस्था र सञ्जालहरुमा जोड्दै श्रोता समूहको स्तरान्तीको लागि काम गर्ने अध्यक्ष थापाले प्रतिबद्धता जनाउनुभएको छ । श्रोता समूहले विगत ५ बर्षदेखी पालिकाका ,जिल्लाका संगै राष्ट्रीय स्तरका बिषयबस्तुहरुमा निरन्तर चासो राख्दै गाउपालिकाका कमिकमजोरी औल्याउदै पालिकाको बिकासमा ठूलो टेवा पु¥याईरहेको बताउनुभयो । ५ बर्षको समूहको सिकाई गाउपालिकाको बिकासका लागि ठूलो उपलब्धी रहेको बताउदै समूहका सदस्यहरु संगै गाउको बिकासका लागि गम्भिर भएर लाग्ने स्पष्ट पार्नूभयो । श्रोता समूहका सदस्यहरुले पटक पटक एम्बुलेन्स खरिद गर्न पनि पालिकालाई दबाब दिईरहेको थिए । अहिले आएर पालिकाले पनि एउटा एम्बुलेन्स खरिद गरिसकेको छ । जसअन्तगर्त ५० प्रतिशत छुटमा गाउपालिका बासीलाई एम्बुलेन्सको ब्यवस्था गरिएको छ ।

No description available.
यता केही महिना अघि बिजया रेडियो श्रोता समूहले गाउपालिकाका कृषि र पशुशाखाका प्रमुखलाई बैठकमा बोलाएका थिए । बैठकमा दुबै शाखाका प्रमुखलाई समूहका सदस्यहरुले गाउठाउका समस्या र पाउने सेवा सुबिधा सम्बन्धि प्रश्न गरेका थिए । बैठकमा उठाईएका सवालहरुलाई सम्बोधन गर्दै दुर्ब शाखा प्रमुखले विभिन्न समयमा मौसम अनुसारका बिउहरु किसानलाई अनुदानमा वितरण गर्दै जाने , निशुल्क रुपमा च्याउनको किट , तरकारीको बिउबिजन वितरण गर्ने र पशुतर्फ पनि समयमै खोप र अनुदानका कार्यक्रमलाई ल्याउने बताउनुभएको थियो । सोही बमोजिम बैठकमा गरिएका प्रतिबद्धताहरु अहिले क्रमश पूरा हुदै गएका छन । बिजया रेडियो श्रोता समूहका अध्यक्ष ईन्दु पराजुलीले अहिले समयमै बिउबिजन आउन थालेको र पशु खोप संगै अनुदानका कार्यक्रमहरु आउन थालेको बताउनुभएको छ । यता श्रोता समूहका केही सदस्यहरु गाउपालिकाबाट पाएका अनुदान र कार्यक्रमबाट ब्यवसायिक रुपमा कृषि खेती तर्फ पनि लागेका छन । अहिले बजार बजारमा पुग्दै केही श्रोता समूहका सदस्यहरु च्याउ संगै अन्य तरकारी बेच्ने गरेका छन भने आम्दानीका श्रोत पनि जुटाउन थालेका छन ।

No description available.
तस्बिर : च्याउ उत्पादन गर्दै श्रोता समूहका सदस्य
लाली गुरास रेडियो श्रोता समुहका सदस्य बेलमति थापाले गतबर्ष गाउपालिकाबाट प्राप्त भएको च्याउको बिउबाट ५० हजार बढि आम्दानी गर्न सफल भएको बताउनुभएको छ। यसबर्ष पनि अहिलेसम्म २० हजार आम्दानी भएको बताउनुभयो । उहाले घरमै आएका च्याउ खरिद गर्ने गरेको बताउनुभएको छ ।

No description available.
मञ्चमा गएर बोल्न सक्ने भए : जनप्रतिनिधि एवम श्रोता समुह सदस्य पाण्डे
उहा हुनुहुन्छ रेडियो श्रोता समूहका सदस्य एवम बिजयनगर गाउपालिका वडा नं २ का महिला वडा सदस्य रुन्नवती देबी पाण्डे । निर्वाचनमा भोट माग्न जादा साह्रै डर लाग्ने ग¥थ्र्यो ,मान्छेहरुको अघि बोल्न सक्ने थिएन आफ्नो परिचय दिदा पनि साह्रै डर लाग्थ्यो तर अहिले निर्धक्का साथ धेरै मान्छेहरुको अघि बोल्न सक्ने भएको छ । यो सबै रेडियो कार्यक्रम साभाmबोली सुनिसके पछि र बैठकमा उद्घोषण कला सिकाउने सामुदायिक सञ्चारकर्मी बिकास थापाले गर्दा हो भन्नुहुन्छ । जनप्रतिनिधि भएर बोल्न नजान्दा धेरै समस्या हुदो रहेछ ,मान्छेहरुले पनि बोलेको सुन्दा जिस्काउने थिए तर पछिल्लो समय म बोलेको सुन्दा र म आफूमा आएको परिवर्तन देख्खा सबै दंग छन । अहिले हरेक पालिकाका कार्यक्रममा बोल्ने गरेको बताउनुभयो । संगै श्रोता समूहका अन्य दिदिबहिनीलाई पनि बिभिन्न खालका तालिम दिनका लागि निरन्तर पहल गर्दै आएको छु र केही दिन सफल पनि भएकौ छौ भन्नुभयो । उहामा मात्र होईन अहिले बैठक अघिपछि उद्घोषण कला सिक्ने पाएपछि अन्य सदस्य पनि निधक्क साथ बोल्न सक्ने भएका छन ।
यता बिजया रेडियो श्रोता समूहका अध्यक्ष ईन्दु पराजुलीले पनि आफूमा धेरै परिवर्त ल्याउन सकेको बताउनुभएको छ । कसैको अघि आफ्नो नाम पनि डराईडराई भन्ने थिए पहिले तर अहिले भने मञ्चमै गएर सयौ हजारौको अघि बोल्न सक्छु ,आफ्ना गाउँठाउँका समस्याहरुका बिषयमा पालिकालाई जानकारी गराउन सक्छु भन्दै खुसी हुदै आफ्ना कुरा राख्नुभयो । साझाबोली कार्यक्रमबाट शिक्षा ,स्वास्थ्य ,कृषि र बिपदका क्षेत्रमा धेरै कुरा बुझन पायौ भन्दै अझ यस्ता खालका कार्यक्रमलाई स्वयम गाउपालिकाले पनि रेडियो मार्फत सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।