दरख स्वास्थ्य चौकीमा निमाेनिया र पाेलियाे विरूद्धकाे खाेप अभाव

Oct 30, 2018

वीरेन्द्र शाह

कात्तिक १३, कैलाली

कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ३ मा रहेको दरख स्वास्थ्य चौकीमा औषधी अभाव भएको छ । स्वास्थ्य चौकीमा बच्चाहरुलाई निमाेनिया र पाेलियाे विरूद्ध लगाउने भ्याक्सिनहरूकाे अभाव भएकाे हाे ।  

बच्चाहरुलाई प्रत्येक महिना निमाेनिया विरूद्ध लगाइने पि.सी.भी र पाेलियाे विरूद्ध लगाइने सकिएकाे  दरख स्वास्थ्य चौकीले जनाएको छ ।

गत महिनाको रिपोर्ट पठाए भन्दा बढी बच्चाहरु भ्याक्सिन लगाउन स्वास्थ्य चौकीमा आएकाले हुनाले भ्याक्सिनहरु सकिएको दरख स्वास्थ्य चौकी प्रमुख ध्रुब भट्टराइले बताउनु भयो । अन्य ठाउँमा खोप लगाउन छुटेका बच्चाहरु आएको हुनाले भ्याक्सिन सकिएको उहाँको भनाई छ ।

आफ्ना बच्चाहरुलाई पि.सी.भी र एफ.आर.आई.भि भ्याक्सिन लगाउन आउने आमाहरु खोप नलगाएर फर्किएका थिए । भ्याक्सिन  सकिए पनि अन्य ठाउँका खोप क्लिन र स्वास्थ्य चौकी गएर खोप लगाउन सल्लाह दिउकाे स्वास्थ्य चाैकी प्रमुख भट्टराइले जानकारी दिनुभयाे । स्वास्थ्य चौकीमा कुन महिना बढी कुन महिना कम आउने गरेकाले यस्तो समस्या भएको उहाँको भनाई छ ।