टुहुरा बालबालिकालाई भत्ता वितरण गर्दै दोगडाकेदार गाँउपालिका

Jun 4, 2019

बैतडी, जेठ २१

टुहुरा बालबालिकाको पढाइमा सहज होस भन्ने उद्धेश्यले बैतडीको दोगडाकेदार गाउँपालिकाले गाँउपालिकाभित्रका टुहुरा बालबालिकालाई भत्ता वितरण गर्ने भएको छ ।

गाँउपालिकाभित्र रहेका २० जना टुहुरा बालकालिकालाई केही दिनभित्रै भत्ता वितरण गर्ने तयारी भएको गाउँपालिकाका कार्यालय सहायक अम्बादत्त जोशीले जानकारी दिनुभयो । चालु आर्थिक बर्षबाट भत्ता वितरण गरिने उहाँले बताउनुभयो ।

दोगडाकेदार गाउँपालिकाले चालु आर्थिक बर्षको साउनदेखि टुहुरा बालबालिकालाई मासिक २ हजार रुपैयाँका दरले भत्ता दिने निर्णय गरेको थियो । माध्यमिक तहसम्म अध्ययनरत टुहुरा बालबालिकालाई पढाईमा सहयोग पुर्याउने उद्देश्यले भत्ता वितरण गरिन लागिएको गाउँपालिकाका उपाध्यक्ष पार्वती कर्कीले बताउनुभयो ।

उनीहरुलाइ आर्थिक अभाव नहोस र पढाइमा कुनै किसीको समस्या नहोस भनेर २ हजार भत्ता वितरण गर्न लागीएको उपाध्यक्ष कार्कीले बताउनुभयो ।

गाँउपालिकाभित्रका आमाबुवा गुमाएका टुहुरा बालबालिकालाई भत्ता वितरणपछी उनीहरुको उच्च शिक्षामा पहुच पुग्नुका साथै बालविवाह न्युनिकरणमा समेत टेवा पुग्ने गाँउपालिकाको विश्वास रहेको छ । यसले अशिक्षाका कारण २० बर्ष नपुग्दै गरिने विवाहको अन्त्य हुने गाँउपालिकाले जनाएको छ ।