बालबालिका विकास योजनासम्बन्धी अभिमुखीकरण कार्यक्रम

दोलखा, जेठ २१
दोलखाको बैतेश्वर गाँउपालिकामा बालबालिका विकास योजनासम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सोमबार सम्पन्न भएको छ ।

नयाँ आर्थिक वर्षको लागि बालबालिकासँग सम्बन्धीत योजना छनौट गर्न गाँउपालिकाले अभिमुखिकरण कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा बालबालिकाहरुले बालमैत्री स्थानीय तहलाई प्राथमिकतामा राखेर काम गर्न, बालबालिका अभिभावक र जनप्रतिनीधी विच बालबालिकाका समस्याहरु पहिचान हुने खालका कार्यक्रम ल्याउन, गाँउपालिका भित्र रहेका विद्यालयहरुमा निशुल्क रुपमा बालबालिकाहरुले शिक्षा पाएको या नपाएको गाँउपालिकाले तत्काल निगरानीकाे लागि विशेष पहल गर्न, बालविवाहले बालबालिकामा हुने असर र भविष्यमा पर्ने जोखीम बारे ठोस योजना ल्याउन गाँउपालिकासँग आग्रह गरेका छन् ।

कार्यक्रममा गाँउपालिका उपप्रमुख रविचन्द्र आर्चायले बालबालिकाको योजनालाई विशेष प्राथामिकता दिँदै आर्थिक वर्षको लागि योजना छनौट गर्ने प्रतिबद्धता जनाउनुभएको गाँउपालिकास्तरीय बाल संञ्जालका अध्यक्ष भुपेश कृष्ण घिमिरेले जानकारी दिनुभयो । गाउँपालिकाका बालबालिकाहरुलाई योजनाका बारेमा जानकार बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ ।