बालबिवाह मुक्त वडा घोषणामा युवा जागारण रेडियो श्रोत समुहको सक्रियता

Nov 29, 2019

मंसिर १२ गते

बर्दियाको बढैयाताल गाँउपालिकाको वडा नं.३ लाई बाल विवाह मुक्त वडा घोषणा गरिएको छ । वडामा बाल विवाह शुन्य भए पछि बिहिबार भव्य कार्यक्रमका बिच ३ नं. वडाका वडा अध्यक्ष दुर्गा प्रसाद पराजुलीले बाल विवाह मुक्त वडा घोषणा गर्नु भएको हाे। आवाज संस्थाको सहकार्यमा बढैयाताल वडा नम्बर ३ वडा कार्यालयले बाल विवाह मुक्त वडा घोषणा गरिएको हो ।

घोषणा कार्यक्रममा युवा जागारण रेडियो श्रोत समुहका सदस्यहरु बालबिवाह गर्नु हुदैन भन्ने बिषयमा गित बनाएर नाच समेत देखाएका थिए । साथै बालबिवाह घोषण गर्नु अगाडी बालबिवाह संम्बन्धी घरदैलोमा सचेतनामुलक कार्यक्रममा समेत सक्रिय रुपमा लागेको सहजकर्ता सरला चौधरीले बताउनु भयो । घोषणा कार्यक्रममा सहभागिहरुले बाल विवाह अन्त्यका लागि संयुक्त ८ प्रतिबद्धता समेत जनाएका छन् ।

सहभागिहरुले हामी बाल विवाह प्रति सचेत छौँ, हामीलाई बाल विवाह स्वीकार्य छैन, बाल विवाहको निमन्त्रणा हामीलाई स्वीकार्य छैन, बाल विवाहको भोज तथा पाटीमा जादैनौ, हामी बाल अधिकारको सम्मान गर्दछौँ, सदा बालवालिकाको उज्जवल भविष्यको लागि काम तथा पहल गर्दछौँ, हामी हाम्रो वडालाई सदा बाल विवाह रहित बनाउन प्रतिवद्ध छौँ लगायतका सामुहिक प्रतिवद्धता जनाएका थिए । घोषणा सभा कार्यक्रमलाई सम्बोधन गर्दै बढैयाताल गाँउपालिकाका अध्यक्ष लाल वहादुर श्रेष्ठले बालबालिका भविष्यका कर्णधार भएकाले २० बर्ष सम्म विवाह नगरी शिक्षा आर्जन र भविष्य निर्माण गर्ने तर्फ सचेत हुन अविभावक तथा बालबालिकाहरुलाई आग्रह गर्नु भएको थियो ।