गाउँपालिका दुई वडालाई सुशासनमैत्री बनाउने प्रतिबद्धता

Jan 8, 2019

बर्दिया,  पुस २४ 

बढैयाताल गाउँपालिका वडा नं ३ र ५ लाई सुशासनमैत्री वडा बनाउने प्रतिबद्धता जनाएका छन् । सूचना र मानव अधिकार अनुसन्धान केन्द्रद्धारा सन्चालित पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत बढैयाताल गाउँपालिका वडा नं.३ को वडा कार्यालयमा भएको नागरिक समाज, आमसन्चार र सार्वजनिक निकायवीचको पारस्परिक जवाफदेहिता विषयको रेडियो बहस कार्यक्रममा वडा नं.३ का वडा अध्यक्ष दुर्गा प्रसाद पराजुली र वडा नं.५ का वडा अध्यक्ष राम सिहं थारुले आफनो वडाहरुलाई सूचनामैत्री र सुशासनमैत्री बनाउने प्रतिबद्धता जनाएका छन् ।

सो छलफल कार्यक्रममा सहभागी भएका सन्चारकर्मी दलबहादुर सुनारले बढैयाताल गाउँपालिकाका सम्पूर्ण वडा कार्यालयले सूचना प्रवाह गर्नु पर्ने, त्रैमासिक रुपमा सूचनाहरु(ऐनले तोके अनुसार) सार्वजनिक गर्नु पर्ने बताएका थिए । त्यसैगरी स्थानीय सभाका संयोजक हरिबहादुर घर्तीले कुनै पनि योजना सन्चालन गर्दा स्थानीय नागरिहरुलाई सूचना प्रवाह गर्नु पर्ने बताए दिगो विकास रेडियो श्रोता समुहका सहजकर्ता सन्जिता चौधरीले वडा क्षेत्रको समग्र विकासको लागि योजना निर्माण प्रकृया, कार्यान्वयन तथा अनुगमन र मुल्यांकनलाई अझ बढि सहभागितामुलक, पारदर्शी र जवाफदेही बनाउनु पर्ने बताइन् ।

दिगो विकास रेडियो श्रोता समुहका अध्यक्ष गिता चौधरीले सेवा प्रदायकहरुले सूचना प्रवाह समयमै गर्नु पर्ने बताइन् । नागरिक समाज, आम सन्चार र सार्वजनिक निकाय विचको पारस्परिक जवाफदेहिता विषयको रेडियो बहस सामुदायिक सन्चारकर्मी अनोज थारुले सन्चालन गरेका थिए ।

सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका बर्दिया जिल्ला जवाफदेहिता अधिकृत सोम गुरुङले स्थानीय तहलाई सुशासन र जवाफदेही बनाउन समय समयमा जनप्रतिनिधि र नागरिक समाज र आम सन्चारवीच छलफल भएमा पारस्परिक जवाफदेहिता हुने धारणा राखेका थिए ।