बढैयातालमा लैङ्गिक तथा घरेलु हिंसा न्युनीकरणका लागी संयुक्त अनुगमन

Oct 21, 2020

कार्तिक ०५ गते
बर्दियाको बढैयाताल गाँउपालिकामा लैङ्गिक तथा घरेलु हिंसा न्युनीकरणका लागी अनुगमन गरीएको छ । सूचना र मानवअधिकार अनुसन्धान केन्द्र बाँकेको सक्रियता र बढैयाताल गाँउपालिकाको समन्वय र सहकार्यमा गाँउपालिकाका बिभिन्न वडाहरुमा अनुगमन गरीएको हो । मानब अधिकार सुदृढीकरण अन्र्तगत स्थानिय तहमा मानब अधिकार प्रर्बद्र्धन तथा कार्यान्वयन कार्यक्रम अन्र्तगत उक्त अनुगमन गरिएको थियो । अनुगमनको क्रममा बढैयाताल गा.पा.वडा न.१, ५ र ६ मा लैङ्गिक तथा घरेलु हिंसाबाट पिडित २ जना महिलाहरुलाई न्यायिक सहजीकरणका लागी बढैयाताल गाँउपालिकाका न्यायिक समितिका संयोजक तथा गाँउपालिकाका उपअध्यक्ष दिपाकुमारी गौतम, सूचना र मानवअधिकार अनुसन्धान केन्द्र बाँकेका उपअध्यक्ष कृष्णमुरारी प्रसाद भट्ट, यसै कार्यक्रमका संयोजक जनक बहादुर थापा, नागरीक समाज बर्दियाका संयोजक बालकृष्ण वली, बर्दिया जिल्ला बार एसोसियनका अध्यक्ष तथा अधिबक्ता काशीराम थारु, वडा नं ५ का वडा अध्यक्ष रामसिंह थारु, न्यायिक समिती सदस्यहरुःगंगा बहादुर खत्री र कमलागुरुङ्ग, हिंसा निगरानी समुहका संयोजक प्रेमराज त्रिपाठी, स्थानिय बडघर, समाजसेवी, संन्चारकर्मी लगायतको टोलीले फिल्डमै गएर पिडित र पिडक पक्षसंग छलफल गरेको थियो । उक्त छलफलमा लैङ्गिक तथा घरेलु हिंसा र बहुबिबाहका कानुनी प्राबधानको बारेमा आवश्यक जानकारी गराईनु का साथै घरेलु हिंसाबाट पिडित १जना महिलालाई उहाँको श्रीमान र परिवारका सदस्यसंग छलफल गरी मेलमिलाप गराइएको थियो ।

त्यसैगरी बाँसगढी नगपालिकामा घर भई हाल माइती घर बढैयाताल वडा न.६ मा बसेकी १ जना पिडित महिलासंग उहाँले भोगेका हिंसाजन्य समस्याहरुको बारेमा जानकारी लिएर आवश्यक कानुनी प्रक्रियाको बारेमा अनुगमन टोलीले सल्लाह सुझाव दिएको थियो । पिडित महिला बिगत १० बर्ष देखि श्रीमानबाट शारिरीक तथा मानसिक यातना भोग्दै आएको र पछि सहन नसकेर माइती घरमा बस्न बाध्य भएको अनुगमन टोलीलाई जानकारी गराएकी थिइन । पिडित महिलाको कुरा सुनेपछि बढैयाताल गाउँपालिकाका न्यायिक समिती संयोजक तथा गाउँपालिका उपाध्यक्ष दिपाकमारी गौतमले आफुले यो बिषयलाई गम्भीर रुपमा लिएको बताउनु भएको थियो । त्यसैगरी बर्दिया जिल्लाबार एसोसियनका अध्यक्ष तथा अधिबक्ता काशीराम थारुले पिडित महिलालाई आवश्यक कानुनी परामर्श तथा सहजीकरणका लागी जिल्लाबार र आफनो ब्यक्तिगत तर्फबाट सहयोग रहने प्रतिबद्धता समेत ब्यक्त गर्नु भएको थियो ।

त्यसैगरी अनुगमन टोली बढैयाताल गाउँपालिका बडा नं १ मा बिगत लामो समय देखी शारिरीक र मानसिक रुपमा असक्त भएर जिबनयापन गरिरहेकी १ जना महिलाको अवस्थाको बारेमा पनि बुझेको थियो । हाल उक्त महिला आफना दाई भाउजुसंग बसिरहेकी छिन् । करिब २ महिना अघी वडा कार्यालय, परियोजना टिम, हिंसा निगरानी समूह, समाजसेवी लगायतको समन्वयमा उहाँलाई नेपाली नागरिकताको प्रमाण पत्र र बहुअपाङ्गको परिचय पत्र दिइएको छ । अनुगमन टोलीका अनुसार अहिले शारिरीक र मानसिक रुपमा असक्त भएर जिबनयापन गरिरहेकी महिलाको अवस्था समान्य रहेको पाइएको छ ।