बढैयातालमा शैक्षिक गुणस्तर सुधारका लागी स्वःफुर्त रुपमा पहल

Aug 30, 2019

प्रेम विश्वकर्मा, बढैयाताल, बर्दिया
भदौं १३ ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागी भन्दै केही स्वःफुर्त रुपमा पहल भएको पाईएको छ । बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर ३ मा रहेका ४ वटा सामुदायिक विद्यालयमा विभिन्न पेशा र ब्यवासायिक क्षेत्रका ब्यक्तिहरुले यस्तो पहल गरेको पाईएको हो ।

जसमा प्रहरी साहयक निरीक्षक तथा वडा नम्बर ३ पुष्पनगर निवासी कुल बहादुर बिकको पहलमा २ लाख १६ हजार रुपैयाँ बराबरको शैक्षिक सहयोग विभिन्न ब्यक्ति तथा ब्यवासायिक क्षेत्रबाट विद्यालयलाई प्रदान गरिएको छ ।

सरस्वती ने.रा.आधारभुत विद्यालय सोरहवा, नेपाल राष्ट्रिय आधारभुत विद्यालय गोब्रेपुर, भवानी मा.बि. सिमरा र भवानी आधारभुत विद्यालय भवानीपुरले यो शैक्षिक सहयोग पाएका छन ।

यि विद्यालयमा कक्षा कोठाका लागी १९ वटा पंखा, २० हजार रुपैयाँ नगद, बौद्धिक अपागंता भएका सहित ८० जना विद्यार्थीका लागी विद्यालय पोसाक, ३० दर्जन कापी, कलम, ३० वटा ज्यामिति बक्स तथा स्टेशनरी सामान लगायतका अन्य विभिन्न शैक्षिक सामाग्री दिईएको छ ।

विद्यार्थीको भविष्यलाई ध्यान दिई प्रहरी साहयक निरीक्षक तथा वडा नम्बर ३ पुष्पनगर निवासी कुल बहादुर बिक, उहाँका श्रीमति तथा कार्यपालिका सदस्य चन्द्रकला बिक, नेपालगंज बाँकेका सुनचाँदी ब्यवासायि बालेमुन्ना, बालेराम रामशंकर ज्वैलर्स, नेपालगंजका स्टेशनरी ब्यवासायि रामदुत स्टेशनरीका संञ्चालक नरेश कुमार अग्रवाल, सनराइज कापी उद्योग नेपालगंजका संञ्चालक शितिष गौतम, प्रतिक निर्माण सेवाका प्रबन्ध निर्देशक तिलक बिक, बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष तिलकवीर सुनार लगायतका ब्यक्ति, ब्यवासायिक क्षेत्रबाट प्राप्त भएको शैक्षिक सहयोगलाई प्रत्येक विद्यालयमा औपचारिक कार्यक्रमको आयोजना गरी विभिन्न चरणमा हस्तारण गरिएको जनाईएको छ ।

शैक्षिक सामाग्री तथा विद्यालय पोषाक पाएपछि गरिब विपन्न, जेहन्दार विद्यार्थी र अभिभावक पनि खुसी भएका छन । भवानी आधारभुत विद्यालय भवानीपुुरका प्रधानाध्यापक जनक बहादुर बुढा, विद्यालय ब्यवस्थापन समिति अध्यक्ष कमलापति यादव, स्थानिय समाजसेवी नेत्र प्रसाद शर्मा, मानझुन्डी सामुदायिक वनका अध्यक्ष शुसिल कुमार बस्याल लगायतका ब्यक्तित्वहरुले सहयोगको प्रशांसा गर्दै निरन्तरता दिन सुझाव दिनुभएको छ ।

यो यस्तो खालको सहयोगले अन्य ब्यक्ति तथा क्षेत्रलाई पनि राम्रो पाठ सिकाएको उहाँहरुको भनाई छ । दलित तथा विपन्न वर्गका छात्र–छात्रालाई लक्षित गरी गरिएको स्वःफुर्त पहलले शैक्षिक गुणस्तर सुधारका लागी सहयोग पु¥याउने विश्वास गरिएको छ । कापी कलम, विद्यालय पोषाककै अभावमा धेरै विद्यार्थीको पढाईमा असर परीरहेको थियो ।

४ वटा विद्यालयमा अहिले करिब १ हजार २ सय को हाराहारीमा विद्यार्थी अध्ययनरत रहेको अनुमान छ । स्वःफुर्त रुपमा विद्यालयलाई सहयोग पु¥याएको भन्दै बढैयाताल गाउँपालिकाका उपाध्यक्ष दिपा कुमारी गौतम, वडा अध्यक्ष दुर्गा प्रसाद पराजुली, गाउँपालिका शिक्षा समिति, ४ वटै विद्यालय परिवार र स्थानिय समाजसेवी बुद्धिजिवी वर्गले धन्यवाद ज्ञापन गर्दै प्रंशानिय कामको मुल्यांकन हुने बताउनुभएको छ ।

सहयोगी मनभएका दाताहरुलाई विद्यालय परिवारको तर्फबाट सम्मान पनि ब्यक्त गरिएको छ । उता प्रहरी साहयक निरीक्षक तथा वडा नम्बर ३ पुष्पनगर निवासी कुल बहादुर बिकले आफनो पहलमा केही विकास निर्माणका कामहरु पनि भएको बताउनुभएको छ । जसमा बढैयाताल गाउँपालिका वडा नम्बर ३ जोडि पिपल र पुष्पनगरमा ३० वटा विद्युतका मिटर निःशुल्क रुपमा वितरण गरिएको छ । 

यसैगरी, 
२. जोडि पिपलको पछाडि पश्चिममा १० वटा बिद्युत पोल गाडेर तार पनि बिछईएको । 


३. जोडि पिपलको जंगलतिरको गाउँमा ११ वटा बिद्युत पोल गाडेर तार बिछई बिद्युत सप्लाई शुरु गरिएको ।


४. भोलागौडी सोरहवा जानेबाटो देखी पूर्वमा होमनाथ पौडेललेको घर देखी नेत्र प्रसाद सापकोटा र अम्मर बिकको घरसम्म ७ वटा विद्युत पोल गाडेर तार बिछई बिद्युत सप्लाई गरिएको ।


५. पुष्प नगरदेखी उत्तर दौलतपुर जाने बाटोमा ७ वटा बिद्युत पोल गाडेर तार बिछई बिद्युत सप्लाई शुरु गरिएको ।


६. भोलागौडीबाट पुष्पनगर सम्म ४ लाइनको बिद्युत तार बिछउने काम भएको, र ४ लाख रुपैयाँ बराबरको ५० के.बी. को बिद्युत ट्रान्सफर्मर पुष्पनगरमा जडान गरी बिद्युत विस्तार गरिएको ।


७. २०७५ पौष १० गते भेरी अस्पताल नेपालगंजबाट ३ जना बिशेषज्ञ चिकित्सक टोली लिई सोरहवा प्राथामिक स्वास्थ्य केन्द्रमा ३ सय ६५ जना जेष्ठ नागरिकलाई निःशुल्क चेकजाँच तथा औषधी दिईएको । प्रहरी साहयक निरीक्षक तथा वडा नम्बर ३ पुष्पनगर निवासी कुल बहादुर बिकले जानकारी दिनुभयो ।


यो पनि पढ्न्होस ।

समन्वयको अभावमा, अस्तबेस्त बाँके, बर्दियाका विद्यालय

https://www.meroreport.net/blog/a-ab-b-b-l-0