बढैयातालमा पाठेघर चेकजाँच, दुइ जनामा 'रि–एक्टिभ'

Jul 10, 2019

अनाेज थारू

असार २४, बर्दिया 

बढैयाताल गाँउपालिकाको प्राथमिक स्वास्थ्य केन्द्रमा पाठेघर चेकजाँच सम्बन्धी एक दिने स्वास्थ्य शिबिर मंगलबार सम्पन्न भएको छ । पाठेघर मुखको क्यान्सर पत्तालगाउने (भिआई) जाँचमा ७३ जना महिलाहरुले सेवा लिएका छन् । त्यस मध्य २ जनाको  रिएक्टिभ देखिएको छ ।

परिवार नियोजन संघ गुलरिया बर्दियाका स्वास्थ्य प्राबिधिक गीता बस्याल र निशा खड्काले चेक जाँच गर्ने क्रममा २ जना महिलाहरुको पाठेघरको मुखको क्यान्सर संक्रमण हुन सक्ने बताएका थिए । एक दिने शिबिर निशुल्क सेवा लिन पाउदा धेरै महिलाहरु खुसी भएका छन् । साथै यस्तो शिबिर सबै वडामा संचालन गर्नु पर्ने माग राखेका थिए ।

१ दिने शिबिरमा सोरहवा प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर सहितको प्राबिधिक टोली, बढैयाताल स्वास्थ्य शाखाका प्रमुख बिष्णु पौडेल, उप संयोजक रमेश पौडेल लगायत जनप्रतिनिधि,स्थानीय सभाका सदस्य,स्वयम सेबिकाहरु समेत सहयोग गरेका थिए ।