बिजयनगरले कृषिमा १ करोड ३१ लाख बजेट माग्यो, ३ मुख्य कार्यक्रम

Jun 19, 2021

बिकास थापा , कपिलवस्तु असार ४ – कपिलवस्तुको बिजयनगर गाउपालिकाको कृषि शाखाले आगाम आर्थिक बर्ष २०७८÷७९ का लागि १ करोड ३० लाख ९५ हजार बजेट माग गरेको छ । समुदाय स्तरबाट आएका मागलाई सम्बोधन र कृषिबाट गाउपालिकालाई समृद्ध बनाउने खालका योजना तथा कार्यक्रमहरु समाबेश गरि रकम माग गरिएको कृषि शाखाले जनाएको छ ।
कृषि शाखा प्रमुख राम सुन्दर मालिले आगमी बर्षमा कृषि क्षेत्रमा ३ किसीमका मूख्य कार्यक्रमलाई समेटेर योजना बनाएको बताउनुभएको छ । जसमा साना तथा निर्वाह मूखि कृषिका लागि करेसाबारी कार्यक्रम, मझौला तथा ब्यवसायिक उत्मूख भएका कृषकहरुका लागि अनुदानका कार्यक्रम र ठूला तथा ब्यवसायिक कृषकहरुका लागि ७५ प्रतिशतसम्म अनुदानका कार्यक्रम बनाईएको बताउनुभयो । यस्तै कृषि उपज संकलन केन्द्र बनाउने तयारी गरिएको उहाको भनाई छ । गाउपालिकाबाट कृषि शाखाले राखेका योजना कार्यक्रम स्विकृत भए कृषि क्षेत्रमा उल्लेखनीय प्रगति गर्ने उहाको दाबी छ ।
यस्तै गाउपालिकामा हरियो मल प्रद्धर्शन कार्यक्रमलाई अघि बढाउन सकियो भने रासायनिक मलको माग कम हुने कृषि शाखाले जनाएको छ । किटबाली संरक्षणको कार्यक्रम, ब्यवसायिक कृषकहरुका लागि अन्तरजिल्ला भ्रमण, अन्तरकृया गोष्ठीको कार्यक्रम, तालिमको ब्यवस्था, रैथाने अर्थात् लोपान्मुख बालीको संरक्षणको लागि बिशेष कार्यक्रम पनि यसबर्ष ल्याउने तयारी छ ।
कृषकहरुले उत्पादन गरेको कृषि सामाग्री बजारीकरण, माग अनुसारको मूल्यका लागि पनि कृषि शाखाले पहल गर्ने र कुनै किसानबाट केही गुनासो नआउने गरि काम गर्ने कृषि शाखा प्रमुखको दाबी छ । यस्तै गरिब र जग्गा नहुने कृषकहरुका लागि करेसाबारी कार्यक्रम अन्तगर्त बिशेष प्राथमिकतामा राखेर कृषि शाखाले काम गर्ने, साना सिञ्चाईका योजना, प्लाष्टिक पोखरी, बोरिङ, पम्पसेट वितरण, बिउ वितरण लगाएतका कार्यक्रमलाई हरेकबर्ष जस्तै निरन्तरता दिने तयारी छ ।