बालविवाह न्युनिकरणका लागी २० बर्षमुनिका किशोरीहरुको घरमा हरीयो झण्डा

May 14, 2019

जयराज अवस्थी

बैशाख ३१, बैतडी

बालविबाह न्युनिकरणका लागी बैतडीको पुर्चौडी नगरपालिकाले २० बर्ष मुनिका किशोरीहरुको घरमा हरीयो झण्डा राख्न थालेको छ । बालविवाह न्युनिकरणका लागी थुप्रै प्रयासहरु गरीएपनि अहिले नगरपालिका भित्रका किशोरीहरुको सक्रियतामा नगरपालिकाका १० वटै वडाका घरमा झण्डा राख्न सुरु गरीएको नगरउपप्रमुख जानकी ऐर बमले जानकारी दिनुभयो ।

हरीयो झन्डामा बाल विवाह पुर्ण रुपले रोकौ बिहेबारी बिस बर्ष पारी सानै उमेरमा बिहे गरे बिग्रन्छ घरबारी भन्ने नारा लेखीएको छ । नगरपालिकालाइ बालविवाहमुक्त नगरपालिका बनाउनको लागी र बिहेबारी २० बर्ष पारी भन्ने कुरा किशोरीहरु लगायत उनीहरुका अभिभावकहरुलाइ जानकारी गर्नका लागी यो अभियान थालिएकोे नगर उपप्रमुख बमले बताउनुभयो ।

नगरपालिकाले बालबिवाह न्युनिकरणको अभियान सञ्चालन गरेको छ । प्रत्येक वडाहरुमा किशोरीवृत गठन गरी बिभिन्न सचेतनाका कार्यक्रमहरु पनि सञ्चालन गरीरहेकोले किशोरीहरु पनि बालबिवाह गर्नु हुदैन भन्ने कुरामा सचेत हुने विश्वास लिइएको छ ।

पुर्चौडी नगरपालिकाले गरेको यो कार्य निकै सह्रानिय रहेको पुर्चौडी नगरपालिका वडा नं ४ कि अनिता धानुकले बताउनुभयो । 'मेरो घरमा पनि नगरपालिकाले हरियो झन्डा गाडेको छ । उक्त झण्डामा “बाल बिवाह गर्नु अपराध हो, बिहेवारी २० वर्ष पारी, सानै उमेरमा बिहे गरे बिग्रन्छ घरबारी” भनेर लेखीएको छ । यसको संकेत मेरो बिहे गर्ने उमेर पुगेको छैन भन्ने रहेको उहाँले बताउनुभयो । बिहे गर्ने उमेर नपुगेकाले नै आफ्नो घरमा नगरपालिकाले हरीयो झण्डा गाडेको र यसैगरी नगरपालिकाभित्रका बिहे गर्ने उमेर नपुगेका किशोरीहरुको घरमा पनि नगरपालिकाले हरीयो झण्डा गाडीरहेकोले यसले बालविवाह न्युनिकरण गर्नमा सहयोग पुग्ने उहाँले बताउनुभयो ।

नगरपालिकाले बालबिवाह न्युनिकरणको लागि चालेको अभियान एकदमैराम्रो रहेको किशोरीहरुले बताएका छन । यस कार्यक्रमले बालविवाह न्युनिकरणमा सकारात्मक भुमिका खेल्ने कार्यक्रममा सहभागी किशोरी लक्ष्मी भण्डारीले बताउनुभयो । आफु पनि यो कार्यक्रममा सहभागी भएकी छु । आफु पनि बालबिवाह नगर्ने र आफ्ना साथीहरुलाइ पनि बालबिवाह गर्न हुन्न भनी जानकारी दिइरहेको उहाँले बताउनुभयो ।

नगरपालिकाले १० वटै वडाका करिब एक हजार घरमा हरीयो झण्डा गाडेको बताएको छ । हरीयो झण्डा गाडीएको घरमा १६ देखि २० वर्ष उमेर समुहका किशोरीहरु भएकाले सो घरमा बिहे गर्ने उमेर पुगेको छैन भनि बुझ्नुपर्ने किशोरीवृतमा आबद्ध जयन्ती अवस्थीले बताउनुभयो । बालबिवाह न्युनिकरणमा नगरपालिकाले चालेको अभियानमा सबै सरोकारवाला निकाय र आम अभिभावकहरुले पनि साथ दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
पुर्चौडी नगरपालिकालाई बालविवाहमुक्त नगरपालिका बनाउनको लागि संञ्चालन गरीएको यो अभियान स्वागतयोग्य छ ।

ग्रामिण भेगमा किशोरहरुको तुलनामा किशोरीहरुको बालविवाह बढी हुने भएकाले यो कार्यक्रमले बालविवाह नियन्त्रण गर्नमा सहयोग पुर्याउनेछ । यसका साथै नगरपालिकाले संञ्चालन गरेको सचेतनामुलक कार्यक्रमले उमेर नपुग्दै बिहे गरेमा हुने शैक्षीक, शारीरीक, आर्थिक तथा मानसिक समस्याका बारेमा नागरीकहरुले जानकारी पाउने र यसले बालविवाह न्युनिकरणमा टेवा पुग्ने नगरपालिकाले जनाएको छ ।