नगरभित्रका बिद्यालयमा स्वास्थ्य विषयको फिल्ड प्रयोगात्मक परिक्षा हुने ।

कार्तिक २० , डडेल्धुरा ।  


डडेल्धुराका अमरगढी नगरपालिका भित्रका विद्यार्थीको अबदेखि स्वास्थ्य विषयको फिल्ड प्रयोगात्मक परिक्षा हुने भएको छ ।

चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा अमरगढी नगरपालिकाले स्वस्थ्य र शिक्षा अन्तरगत नगर भित्रका सम्पूर्ण विद्यालयहरुमा यो कार्यक्रम लागू हुने भएको हो ।


स्वास्थ्य शिक्षामा बिद्यार्थीलाई जिम्मेवार बनाउने शिक्षासंगै स्वास्थ्यको पनि प्रर्बद्धन विद्यार्थीबाटै गर्नका साथै आफ्नाे  क्षेत्रको समस्याहरुलाई विद्यार्थीबाट नै पत्ता लगाउन यो कार्यक्रम यो वर्षबाट स्वास्थ्य र शिक्षा शाखाको संयुक्त रुपमा अगाडि बढाएको स्वास्थ्य शाखाका संयोजक लोकराज पनेरुले बताउनु भयो । उनले भने, ‘हाम्रो समाजमा धेरै स्वास्थ्य समस्याहरु छन । यी समस्यालाई बिद्यार्थीले स्वास्थ्यकर्मीसंग परामर्श तथा जानकारी दिनसम्म पुर्याउने काम गर्छ । अहिले प्रयोगात्मक परिक्षा त हुन्छ पहिलेदेखी तर नाम मात्रको अब लेखीत रिर्पोटमा देखीने गरी हुन्छ ।


यस कार्यक्रमलाई लागू गर्न मंगलबार स्वास्थ्य शिक्षामा विद्यार्थी जिम्मेवार पद्धती सम्बन्धी नगरभित्रका सम्पूर्ण प्रधानाध्यापक, स्वास्थ्य विषय अध्यापन गराउने शिक्षक, स्वास्थ्य चौकीका इन्चार्जहरुसंग अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको शिक्षा शाखाले जनाएको छ ।


कक्षा ६ देखि १० सम्ममा पढाइ हुने स्वास्थ्य शिक्षा विषयमा प्रयोगात्मक फिल्ड अवलोकन बिना विद्यार्थीलाई अंक दिन अब नपाएने शिक्षा शाखा प्रमुख हेमन्त पन्तले बताउनु भयो ।उनले भने, ‘विगतमा यो विषयको प्रयोगात्मक नभइ शिक्षकले अंक दिने गरेका थिए अब यस्तो हुँदैन । नगरपालिकाको शिक्षा शाखाले केही प्रतिशत दिन्छ । स्वास्थ्य विषयको शिक्षकलाई प्रयोगात्मक परिक्षण गर्ने समेत सिकाउँछौं । जसका लागि हामीले एक फारम समेत निमार्ण गरेका छौं ।

अब यो कार्यक्रमले तीन–तीन महिनामा फिल्ड अवलोकनबाट विद्यार्थीले स्वास्थ्य सम्बन्धी रिर्पोट विद्यालयलाई बुझाउने छ भने विद्यालयले नजिकैको स्वास्थ्य चौकी तथा शिक्षा र स्वास्थ्य शाखामा पठाउने छ । अमरगढी नगरपालिकाकाे बिद्यार्थी संख्या ४ हजार छ एक बिद्यार्थी एक घर पुगे पनि ४ हजार घरपरिवारको स्वास्थ्य समस्या आउने स्वास्थ्य शाखाको दाबी छ ।


स्वास्थ्य क्षेत्रमा सुधार गर्ने पनि विद्यार्थी अवश्यक तथा विद्यार्थीको चासोको विषय पनि बनोस् भनेर नगरपालिकाले यो वर्षबाट लागू गर्ने गरी यो कार्यक्रम सञ्चालन गरेको नगर प्रमुख विशेश्वरप्रसाद ओझाले बताउनु भयो । उनले भने, ‘हाम्रो नगरमा हामीले शिक्षा र स्वास्थ्यको सुधारसंगै गर्ने उद्देश्यले यो कार्यक्रम गर्दैछाै ।