रेडियो कार्यक्रम साझाबोली सुनेर स्थानिय विकास तथा सुशासनबारे छलफल गर्दै कपिलवस्तुका युवा  

Jan 11, 2018

पश्चिम कपिलवस्तुको विजयनगर गाउँपालिकामा रहेको विजय स्रोता समुहका युवाहरुले पारस्पारिक जवाफदेहिता परियोजना अन्तर्गत रेडियो कार्यक्रम साझाबोली सुनेर स्रोता समुहमा छलफल गर्न थालेका छन् । सरकारी निकाय आम संचारमाध्यम र नागरिक समाजको एक आपसी जवाफदेहिता सम्बन्धि छलफल हुने रेडियो कार्यक्रम साझा बोली सुनेर समुहमा बसी छलफल गर्नुका साथै सुनेका कुराहरुलाई ब्यबहारमा उतार्ने उद्देश्यले विजयनगर गाँउपालिकामा केही समय अघि यो रेडियो स्रोता समुह गठन गरिएको हो । पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गतको रेडियो कार्यक्रम साझाबोली केन्द्रिय संस्करण काठमाण्डौबाट र स्थानिय संस्करण नेपालगञ्जको कृष्णसार एफएमबाट उत्पादन हुँदै आएको छ ।

यो रेडियो कार्यक्रम कपिलवस्तुका दुइवटा रेडियोहरु रेडियो परिवर्तन र रेडियो समानताबाट प्रसारण हुन्छ । कार्यक्रम सुन्न थालेपछि समुदायका युवाहरु स्रोता समुहमा आवद्द भएर सार्वजनिक निकायको जवाफदेहिता खोज्न सक्रिय भएका छन । महिनाको दुइपटक बैठक बसेर सार्वजनिक निकायको जवाफदेहिता र नागरिक समाजको दायित्व बारे छलफल गर्ने र आफुहरुले सबैलाई संगठित बनाई स्थानिय तहका कृयाकलापकाबारेमा चासो राख्ने गरेको स्रोता समुहका सहजकर्ता शुसिल थापाले बताउनुभयो । रेडियो कार्यक्रम साझाबोलीको केन्द्रिय तथा स्थानिय संस्करणबाट सुनेको सुचनाका आधारमा आफ्नो जिल्लाका गाँउपालिका र नगरपालिकामा कृर्षी, शिक्षा, स्वास्थ्य र बिपद ब्यवस्थापन सम्बन्धी के कति बजेट छुट्यएको रहेछ भन्ने बारेमा सोधीखोजी गर्ने उत्साह मिलेको श्रोता समुहका सदस्यहरुको भनाई छ । समुहकी सचिव अनिता विश्वकर्मा भन्नुहुन्छ-‘यो रेडियो कार्यक्रम नियमित सुन्न थालेपछी म आफु मात्र नभई समुहका सबैजना सदस्यहरु गाउँपालिकाको बजेट बाँडफाँडको बारेमा समेत सोधीखोजी गर्न सचेत भएका छन् ।‘

समुहका सदस्यहरुले साझाबोली रेडियो कार्यक्रमका साथसाथै अर्को रेडियो कार्यक्रम साथीसंग मनका कुरा पनि नियमित सुन्ने र छलफल गर्ने गर्दछन् । आगामी दिनमा समेत रेडियो कार्यक्रम नियमित रुपमा सुनी छलफल गरेर समुदायलाई जानकारी दिनुका साथसाथै आफ्नो समुदाय तथा टोलको विकासमा समेत लाग्ने योजना रहेको समुहकी संयोजक अस्मिता खनालको भनाई छ । १८ देखि ४० बर्ष उमेर समुहका दलित, आदिवासी-जनजाति एवं अन्यको सहभागिता रहेको यो समुहका धेरैजसो सदस्यहरु महिला रहेका छन् । समुहको ब्यवस्थापनको काममा स्थानिय नागरिक समाज संस्था आइआरडिसीले सहयोग गरेको छ ।

सामुदायिक संचारकर्मी सारदा कुंवरक्षेत्रीबाट

Member Comment
Sirjana Sharma
राम्रो काम
9 months ago