रेडियो श्रोता समूहद्वारा बक्तृत्वकला

Mar 9, 2019

गुल्मी, फागुन २५

१०९ औ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा “अन्तर्राष्ट्रिय नारी दिवस र नेपालमा नारीको अवस्था” विषयक वक्तृत्वकला कार्यक्रम रसुङ्गा न.पा. वडा नं. ४ अर्खले गुल्मीमा सम्पन्न भएको छ ।

रेसुङ्गा न.पा. वडा नं. ४ मा रहेको वुद्ध रेडियो श्रोता समूहले एकीकृत ग्रामीण विकास समाज गुल्मीको सहयोग र वुद्ध मा.वि.को सहकार्यमा उक्त कार्यक्रम आयोजना गरेको हो ।

रेसुङ्गा न.पा. वडा नं. ४ मा अवस्थित वुद्ध माविमा आयोजित उक्त प्रतियोगितामा सोही विद्यालयका १० जना प्रतियोगीहरुले नेपालमा नारीको अवस्था वारेमा आफ्ना विचारहरु प्रस्तुत गरेका थिए ।

वुद्ध मा.वि.का प्रधानाध्यापक विष्णु भण्डारीको अध्यक्षता रहेको कार्यक्रममा एकीकृत ग्रामीण विकास समाज गुल्मीका संयोजक हिरा कुँवरको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा वोल्दै प्रमुख अतिथि कुवरले आगामी दिनमा पनि यस किसिमका कार्यक्रमहरु गर्दै अगाडि वढ्न अनुरोध गर्नुभयो । त्यसैगरी आजको यस कार्यक्रमले नारी हक हित सम्वन्धी चेतना प्रवाह गर्नुका साथै विद्यार्थीमा लुकेर रहेको प्रतिभाहरु प्रस्फूटन हुनमा पनि सहयोग पुगेको वताउनुभयो ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने प्रतियोगीहरु क्रमशः सम्पदा पाण्डे, विष्णु पाण्डे,विष्णु पन्थी र सुरक्षा गौतमलाई प्रमुख अतिथिवाट पुरस्कार वितरण गरिएको थियो ।

मनिषा भण्डारीले स्वागत मन्तव्य, यमुना वि.क. को स्वागत गीत र वालकृष्ण कडेलको नारी विशेष कविता वाचन रहेको कार्यक्रमको सञ्चालन श्रोता समूहकी सहजकर्ता सुनिता कडेलले गर्नुभएको थियो ।