बढैयाताल वडा नं ३ मा रेडियो श्रोता समूह गठन

Feb 6, 2019

अनाेज थारू

माघ २३, बर्दिया

बर्दियाको बढैयाताल वडा नं ३ मा बुधबार जागरण रेडियो श्रोता समूह गठन गरीएको छ । बिशेषगरी स्थानीय स्तरमा देखिएका समस्यालाई स्थानीय सरकार सम्म पुर्याउने र स्थानीय स्तरमा सुशासन र पारदर्शिता प्रर्वर्धनमा युवाहरूकाे सहभागीता बढाउने  उद्देश्यले बढैयाताल गाँउपालिका वडा नं ३ का वडा सदस्य अमृत प्रसाद थारुको अध्यक्षतामा १३ सदस्यीय युवा जागरण रेडियो श्रोता समूह गठन गरिएको हो ।

श्रोता समूहका अध्यक्षमा सबित्रा थारु, उपाध्यक्ष सिमा थारु र सचिव रोहित कुमार थारुलाई सर्ब सहमत चयन गरेको छ ।

युएसएडकाे सहयाेग तथा एफएचअाइ ३६०काे साझेदारीमा इक्वल एक्सेस संस्था द्धारा उत्पादित रेडियो कार्यक्रम साझा बोली केन्द्रिय र स्थानीय गरी दुई थरीको उत्पादन हुदै आईरहेको छ । बिशेषगरी स्थानिय तहलाई जवाफदेहिता पारदर्शिता बनाउदै स्थानीय तहले दिने गरेको सेवा सुबिधा जस्तै शिक्षा, स्वास्थ्य, कृषि र बिपद् ब्यवस्थापनमा आम नागरीकहरुको पहुँच कस्तो छ, कसरी सेवा सुबिधा पाईरहेका छन्, सेवा सुबिधा लिन कहाँ जानु पर्छ भन्ने जस्ता बिषयमा स्थानीय साझाबोली कृष्णसार एफ.एम.बाँके र केन्द्रिय साझाबोली इक्वल एक्सेस संस्था आँफैले उत्पादन गर्दै आईरहेको छ ।

हाल स्थानीय साझाबोली कार्यक्रम ४ वटा जिल्ला बाँके, बर्दिया, दाङ र कपिलबस्तु बाट प्रशारण भैरहेको छ भने केन्द्रिय साझाबोली ३४ वटा जिल्ला र रेडियो नेपाल बाट प्रशारण हुदै आईरहेको छ । सोही कार्यक्रम युवा जागरण रेडियो श्रोता समूहले अव प्रत्येक महिनाको १० र २५ गते बैठक बसी दुबै साझाबोली कार्यक्रम सुन्ने र सुनिसकेपछि आफ्नो गाँउ ठाँउमा भए गरेका समस्या समाधानका लागि भुमिका खेल्ने छ । सामुदायिक संचारकर्मी अनोज थारुले संन्चालन गरेको कार्यक्रममा इक्वल एक्सेस संस्थाका आउटरिच एसोसिएट भिम बहादुर सार्कीले इक्वल एक्सेस संस्थाले मिडिया संग गर्दै आएको कामको बारेमा जानकारी गराउनु भएको थियो ।

साथै उहाँले संस्थाले गर्दा समाजमा पारेको प्रभावको बिषयमा जानकारी गराउनु भएको थियो । त्यसैगरी सूचना र मानव अधिकार अनुसन्धान केन्द्र बर्दिया जिल्ला जवाफदेहिता अधिकृत सोम गुरुङले रेडियो श्रोता समूहले गर्नु पर्ने काम, कर्तब्यको बारेमा जानकारी गराउनु भएको थियो । पारस्परिक जवाफदेहिता परियोजना अन्र्तगत यु.एस.ए.आईडी र एफ.एच.आई ३६०.को सहयोगमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र र इक्वल एक्सेसको आयोजनामा कार्यक्रम भएको हो ।