चाैरजहारी नगरपालिकाका तेह्र वटा सामुदायिक विद्यालयकाे खाता रोक्का

Oct 8, 2018

सिर्जना शर्मा 

असाेज २२, रूकुम 

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले शिक्षा क्षेत्र सुधारको पक्षलाई तिब्रता दिएको छ । नगरपालिकाले बिभिन्न विद्यालयमा अनुगमन तथा निगरानि बढाएको समेत छ ।

नियमित तथा समयमा विद्यालय नआउने, राम्राेसँग कक्षाकाेठामा नपढाउने, मादक पदार्थ सेवन गर्ने शिक्षकमाथि कारवाहि सुरु गरिएको नगरपालिकाका प्रमुख बिशाल शर्माले जानकारी दिनुभयो । विद्यालयमा नियमित नपढाउने, जानकारी बिना बिदामा बस्ने शिक्षकहरुको तलब कट्टा समेत गरिएको छ ।

'नपढाउने, समयमा विद्यालयनआउने शिक्षकको सहि तथ्याङ्क उपलब्ध गराउन भनेका थियाैं, केहि विद्यालयले अटेरी गरेकाले विद्यालयकै खाता रोक्का गरिएको हो ।' नगर प्रमुख शर्माले भन्नुभयो . नगर प्रमुख शर्माका अनुसार नगरभित्रका १३ वटा सामुदायिक विद्यालयकाे खाता रोक्का गरिएकाे छ ।

शिक्षकहरुले चालु आर्थिक बर्षको असार यता नियमित अध्यापन नगराएको भेटिएपछि तलब कटौती गर्ने प्रकृयामा गएको नगर शिक्षा शाखाका अधिकृत धन्नजय आर्चायले बताउनु भयो ।

यस अघिनै नगरपालिकाले विद्यालयको अनुमति बिना लामो समयसम्म विद्यालयमा अनुपस्थीत शिक्षकहरुको तलब कट्टा गरि विद्यालयको खातामा जम्मा गर्ने निर्णय गरको थियो ।।