स्वयंम सेविकाहरुको हातमा मोबाइल सेट, काममा सहजता

Jan 6, 2019

-तस्विर : बाँकेको नरैनापुर गाउँपालिकाका महिला स्वास्थ्य स्वंयम सेविका बाँयाबाट ज्ञानवति बानियाँ, नियामुल बेगम र विन्नो श्रीवास्तव

प्रेम विश्वकर्मा, नेपालगंज
पौष, २२
बाँकेका महिला स्वास्थ्य स्वयंम सेविकाहरुको हातमा मोबाइल सेट पुगेपछि काममा सहजता थपेको छ । मातृ शिशु मृत्युभएमा अथवा गर्ववति महिला, गर्वको जाँच तथा सुत्केरीको रेकर्ड एसएमएसबाट पठाउन सकिने, कुनै महिला सुत्केरी हुने समयमा स्वास्थ्य संस्थाका नर्स, डाक्टर, एम्बुलेन्सलाई चाँडो फोन गरी खबर गर्न सकिने, स्वास्थ्य संस्था लगायतका सरोकारवाला ब्यक्ति सँग नियमित दोहोरो संञ्चार गर्न सकिने भएकाले मोबाइलबाट धेरै नै फाइदा पुगेको महिला स्वास्थ्य स्वंयम सेविकाहरुले बताएका छन ।

यसले मातृ मृत्यु दर र बाल मृत्युदर घटाउन निकै नै सहयोग पुर्याएको उहाँहरुको भनाई छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका पब्लिक हेल्थ नर्स सरिता चन्दका अनुसार जिल्लाभरीका ७ सय ८९ जना महिला स्वास्थ्य स्वंयम सेविकाहरुलाई यस्ता मोबाइल सेट दिईएको छ ।

२०७४ सालमा मेडिक मोबाइल नामक संस्थाको पहलमा प्रत्येक स्वयंम सेविकालाई मोबाइल दिईएको थियो । अहिले बाँकेका स्थानिय तहले आवाश्यकता अनुसार मोबाइल रिचार्ज खर्च उपलब्ध गराउदै आएको जनाएको छ ।