मध्यरात बिदाईको बात !!

2017-08-24

सायद सम्बन्धहरु यस्तै हुन्छन् होला छुट्ने बेलामा कहिँ कतै बिझाएर जाने हुन त जाने हरुको को पनि  आफ्नै बाध्यता होलान् l धेरै प्रश्नहरु अनुत्तरित रहे, जति उत्तरित थिए, जवाफहरु कहालीलाग्दा र कारुणिक लागे चाहे वास्तविक हुन् या काल्पनिक कथा मात्र, उत्तरहरुले मर्माहत मात्र पारेनन् धेरै कुरा  सोच्न बाध्य परे तर बाँकी प्रश्न र गुनासाहरु गर्ने हिम्मत म मा जुटेन र जुटाउन प्रयत्न पनि गरिन !

मेरो मौन स्विकृती छ तिम्रो बिदाई मा.. म न त हात हल्लाएर बिदा गर्न नै सक्छु न त बस अझै भनेर भन्न नै सक्छु...

सायद सातौ वर्ष  पुरा हनै लाग्या थियो त्यो मिठो सामिप्यताको ती मिठा कुराकानिहरुको को तर खै अचानक बिदा माग्ने परिस्थितिमा तिम्लाई के ले पुर्यायो?

फर्केर हेर्दा ती सात वर्ष अतिनै सुन्दर र प्रेमिल थिए मेरा लागि सायद... तिम्रा लागि पनि...l

हुन त सम्बन्धहरूमा उतारचढाब आउछ भन्छन् तर बिना कुनै लहर हरु  हाम्रो सम्बन्ध अघि बढी रहेको थियो एक तमासले  त्यसैले होला सुन्ने र जान्नेले पनि इर्स्या गर्या झैँ गरि कुरा गर्थे हाम्रो सम्बन्धको l

त्यो सम्बन्ध प्रेमिल सम्बन्ध मात्र थिएन एक युवक र युवती बिचको थियो त एक सम्झौता अलिखित बुदाहरु सहितको  दुबैमा मिल्ने सायदै कम कुराहरु मात्र थिए नमिल्ने कुरा पनि कमै !  न त मिल्ने थिए न त नमिल्ने नै हुनसक्छ त्यसैले दौडाई रहेथ्यो सम्बन्धलाई बिना ब्रेक को सवारी झैँ l

मलाइ लाग्दैन कि ती दिन हरुमा मैले कृतिम र अनावश्यक अलंकारहरुको प्रयोगले तिम्रो बखान गरे भनेर

यथार्थ मा अलिकति आदर्श मिलाएर मैले प्रवचन दिएझैं बोरिग़ कुरा गरिरहदा उनि मख्ख हुन्थिन् l

न म उनको भैतिक शरीरको ब्याख्यामा समय विताउथे न त उनको विचार र भावनाको कदर र प्रशंसामा नै, एकै वाक्यमा भनौ भने  उनका कुनै पनि कुरामा मेरो चित्त बुझाई थिएन र यहिँ कुरा उनमा पनि हु बहु लागु हुन्थ्यो l त्यहि नै त थियो हाम्रो दरिलो सम्बन्धको आधार l

 घन्टौ सम्मको कुराकानी उपलब्धि मुलक थिए की उपलब्ध हिन त्यसको खोजिनीति  गर्ने पक्षमा हामि दुवै छैनौ हजारौ रुपैया खर्चिएर गफिएका हामीलाई त्यसको कुनै आय व्यय बिवरण निकाल्नु पनि छैन l

ती गफ हरुमा म सधैं गुरु हुने गर्थे अनि उनि चेली, उनि सुन्न मन पराउथीन् अनि म सुनाउन, यहिँ सुन्ने र सुनाउने क्रममा कत्ति मिठो र गाढा प्रेम भयो हामि दुबैलाई यसको पत्तो भएन, थाहा त्यति बेला भयो जतिबेला हामी एक अर्का हैन एकै भइ सकेका थियौ, साना तिना हावाका झोकाहरुले हल्लाउन सक्ने अवस्था थिएन हामी बीच एउटा समझदारी थियो, सबै भन्दा ठुलो त बिश्वास र इमान्दारी थियो l

 

तिम्रो आवाज को बानि लागिको थियो मलाई बानि मात्र हो र नशानै लागेको थियो थोरै भए पनि सुन्नै पर्ने नशालु पदार्थ झैं तिमि पनि त त्यसै भन्ने गर्थेउ नि हैन र ?

उपहारका पोकाहरु त मन भित्रै अझै पनि, फुकाउने मौका कहिल्यै मिलेन, साना तिना आश्वासन र एकै  थूगा गुलाफ  दिएको पनि सम्झना छैन मलाई सायद त्यसको पनि आवश्यकता परेन माया दर्शाउन एक अर्कालाई हो यहिँ नेर मिल्थ्यो हाम्रो कुरा l

एउटी समझदार बुझकी र इमान्दार साथी थियौ तिमि प्रेमिकाको उपमा दिदा अन्याय होला आज त्यहि साथी लाई सम्झी रहेछु, मिस गरिरहेछु मनका कुरा हरु सुनाउन नपाउदा गह्रौ भरि बोके झैँ भएको छ l

साच्चै तिमि त सागर रहिछौ, आफ्नो पिडा र आशु निलेर मलाई खुसि पार्न हसाउन प्रयत्नशील थियौ l

म भुल्ने छैन बिदा माग्नु अघि तिमीले कसम खुवाएर चुम्बन गरेको, अझै पनि मायाँ गर्छु भनेको l

हुन त  सबैलाई आफ्नै बाध्यता र समस्यानै ठुला लाग्छन तिमि जसरि बुझ्थेउ मेरा बाध्यता र  बिबसता हरु त्यो क्षमता म राख्न सक्दिन र समाधान गर्न सक्षम पनि म छैन  तर पनि बुझ्ने प्रयास भने अवस्य गर्नेछु l

आफु हारेर परिवारलाई जिताएकी छौ तिमीलाई बधाई, र यहिँ कुरा हरेक छोरा छोरीले सिक्नु जरुरि छ तिमिबाट l

सायद मेरो अगाडी नरुने तिमि एकान्तमा कति रुन्थेउ होला म आझ बुझ्दै छु म रुदा तिमि रुएकी हुन्न थियौ किन भनेर सायद हामी दुवै रुदा हामीलाई सम्हाल्लने कोहि हुदैन होला भनेर म संगै तिमि पनि रुदा म झन् कति चिरिइन्थे, उदासिन्थे होला भनेर धन्य छौ तिमि  l

तिमि प्रति आभार ब्यक्त गर्ने शब्दको अभाब छ म संग, शब्दकोष पनि निरिह होला तिम्रो महानता र त्यागको व्याख्या गर्न  l

म आभारी छु तिम्रो माया प्रति, त्यो सम्बन्ध, सामिप्यता, बिस्वाश र त्याग प्रति धन्य छु म तिमि जस्तो साथि को संगत गर्न पाए यो जीवन मा ...

तिम्रै अनुरोधमा बिर्सने प्रयास गर्नेछु त्यो अध्यायलाई, तिम्रै आग्रहलाई स्वीकारेर म खोज्ने छु उज्यालोको बाटो, तिमीलाई नै सम्झिएर बिताउनेछु आगामी दिनहरु, तिमीलाई प्रेरणा मानेर लेख्ने छु एउटा कथा आदर्श प्रेमिकाको, तिमीले बिदा माग्दा खुवाएको कसम म भुल्ने छैन जीवन भर, फेरी आउने छैन तिम्रो जीवनमा, तिमीलाई पनि शुभकामना सफल जिन्दगीको !!   

मध्यरात श्रावण २, २०७४

Posted By Dinesh Subedi

Member Comment
2 weeks ago
asd
Reply Share