बजेटबारे युवाहरुले चासो देखाए

Jan 20, 2019

साँफेबगर नगरपालिका वडा नं. २ का तपेन्द्र शाह आफ्ना गाउँमा खानेपानीको योजना निर्माणमा भएको ढिलाइसँग सन्तुष्ट हुनुहुन्न । खानेपानीको समस्या रहेको उनको गाउँमा खानेपानी ल्याउनका लागि ८० हजार रुपैयाँ विनियोजन भएको बताउने शाहले त्यो रकम पर्याप्त नभएको बताउनुभयो ।
गत बिहिबार साँफेबगर नगरपालिकाको श्री त्रिपुरा सुन्दरी उच्च माध्यमिक विद्यालयमा भएको प्रश्न सौधौं जवाफदेहिता खौजौ अभियान अन्र्तगत आयोजना भएको कार्यक्रममा शाहले यसबारे आफ्नो प्रश्न आफ्ना जनप्रतिनिधिलाई राख्नु भएको हो । पारस्परिक जवाफदेहिता कार्यक्रम अन्र्तगत मेरो पालिका मेरो चासो अभियान अन्र्तगत आयोजना गरिएको कार्यक्रममा उनले आफ्नो प्रश्न आफ्ना जनप्रतिनिधिलाई राख्नुभएको हो ।
यो अभियानका कारण हामीले आफ्नो गाउँमा हुने विकास निर्माणका गतिविधिहरुको बारेमा आफ्ना प्रतिनिधिलाई प्रश्न सोध्न पायौं, शाहले भन्नुभयो, हामीले सिधैं गएर हाम्रा प्रतिनिधिहरुलाई भन्न सकेका थिएनौ, यो कार्यक्रमले त्यो अवसर जुटाइदिएको छ ।
शाह मात्र होइनन् उनिसँगै पढ्ने राकेश कुँवरले साँफेबगर बजारको बाटो समयमा निर्माण नुहुनको बारेमा नगर प्रमुखलाई प्रश्न राख्नुभएको थियो ।
प्रश्न सोधौं जवाफदेहिता खोजौं अभियानका अन्र्तगत मेरो पालिका मेरो चासो विषयमा नेपालका ३४ वटा जिल्लाहरुमा युवा लक्षित अभियान सन्चालन भैरहेको छ । युवा लक्षित यो अभियानले युवाहरुलाई आफ्नो पालिकामा हुने बजेट विनियोजन तथा निर्माणको बारेमा चासो राख्न सचेतिकरण गर्ने उद्देश्य राखेको छ ।
जस अन्तर्गत यस चरणमा इक्वेल एक्सेस, एफएचआई ३६०, एफएमडिसिलगायतको संस्थाले सूदुर पश्चिमका अछाम, बैतडी, डोटी, कैलाली, डडेल्धुरालगायतका जिल्लाहरुमा विद्यालय तथा रेडियो श्रोता समूहहरुमा अभियानमुलक कार्यक्रमहरु सन्चालन भइ रहेका छन् ।
त्रिपुरा सुन्दरी उच्च माध्यमकि विद्यालयमा भएको कार्यक्रमलाई इक्वेल एक्सेसका कार्यक्रम अधिकृत लक्ष्मी श्रेष्ठ, मिडिया आउटरिच म्यानेजर बिशाल रानामगर, एफएचआई३६० का भोला भट्टराई, एफएमडिसिका गणेश तिरुवालगायतले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा विद्यालयमा अध्ययन गर्ने ७६ जना विद्यार्थीहरुको सहभागीता रहेको थियो ।
इक्वेल एक्सेसका कार्यक्रम अधिकृत श्रेष्ठले युवाहरुले देखाएको चासोलाई स्थानीय जनप्रतिनिधिहरुसँग राख्ने र त्यसलाई रेडियो कार्यक्रममार्फत आम जनतालाई जानकारी गराइ स्थानीय जनप्रतिनिधिलाई जनताप्रति उत्तरदायि हुन मद्दत गर्ने बताउनुभयो ।

Member Comment
Bhim Bahadur Sarki
Good Work.
8 months ago