रेडियो श्रोता समुहको दबाब पछि बन्न लागेको सडकमा पुनः ग्राबेल

Nov 26, 2019

वीरेन्द्र शाह, मसिंर १० सुख्खड,
कैलालीको एक सकृय युवा समुहकाे दवाव पछि बनिसकेकाे ग्रावेल पुन निर्माण हुन थालेकाे छ ।

 गौरीगंगा नगरपालिका ९ शंकपुरमा रहेको  माहादेवा रेडियो श्रोता समुहको दबाब पछि बन्न लागेको सडकमा पुनः ग्राबेल गरीएको हाे ।

शंकरपुर चोकदेखि उत्तर दक्षिणतिर कालो पत्रे हुन लागेको सडकमा ठेकेदारले ग्राबेल पातलो हालेको भन्दै केही दिन अगाडी ठेकेदार र वडा अध्यक्षलाई ग्राबेल मोटो हाल्न दबाद दिएका थिए । केही दिन अगाडि सडक अनुगमनको क्रममा उत्तर तिरको सडकमा ठेकेदारले ग्राबेल पातलो हालेको र दक्षिण तिरको सडकमा ग्राबेल ठिकै हालेको रेडियो श्रोत्रा समुहले अनुमान गरेको थियो ।आफुहरुको मागलाई ठेकेदारले सुनुवाई गरेको माहादेवा रेडियो श्रोता समुह सहजकर्ता प्रेम जोशीले जानकारी दिए ।

शंकरपुर चोकदेखि उत्त तिर ८ सय मिटर र दक्षिणतिर ८ सय मिटर सडक कालो पत्रे गर्न लागीएको छ । नगरपालिकाले सडक कालोपत्रे गर्नको लागी ५० लाख रुपैया बिनियोजन गरेको छ । आफ्नो गाउँ घरतिर भईरहेका बिकास निमार्णका काममा चासो र निगरानी गर्नु आम नागरीकको महत्वपुर्ण दायित्व भएको जोशीले बताए । नगरपालिकाले गर्ने हरेक योजनाहरुमा आम नागरीकले चासो, सहभागीता र निगरानी बढाएको खण्डमा बिकास निमार्णका कामहरु गुणस्तर र मजबुत हुने रेडियो श्रोत्रा समुहका कोषाअध्यक्ष शारदा पन्तले बताए ।

स्थानीय रेडियाे स्राेता समुहले अनुगमन गरेको दिन नै नगरपालिकाकी उप प्रमुखको उपस्थिति रहेकाे थियाे । साेहि दिन उँहाकाे उपस्थितिमा  वडाभरि अब बने भौतिक पुर्वाधार योजनाको लागि वडा स्तरिय अनुगमन टोली बनाउन निर्णय गरियाे । जसमा रामकृष्ण चौधरी , प्रेम जोशी, पुष्कर राज अबस्थी, घनस्याम पौडेल , भोला भण्डारी , पुष्पा गडाल र ईस्वर ढकाल गरि सात जनाको टोली रहेकाे छ । यस अनुगमन समितिमा माहादेव रेडियो स्राेता समूहका तर्फबाट   प्रेम जाेशी र पुष्कर राज अबस्थी रहेका छन् । 

रेडियो श्रोता समुहको काम देखेर आफु निकै खुसी भएको सोही ठाउँमा स्थानिय बासी ज्ञानु भट्राईले बताए । यसरी गाउँठाउँमा युवाहरु जागे पछि योजनाहरु गुणस्तीय र पारदर्शी हुने उनको भनाई छ । अमेरीकी अन्तराष्टीय बिकास नियोग यु.एस.आ.डी को सहयोगमा संचालित पारस्परिक जवाफदेहिता कार्यक्रमका लागी FHI360 सगंको सहकार्यमा इक्वेल एक्सेसले रेडियो श्रोत्रा समुह गठन गरेको छ । रेडियो श्रोत्रा समुहले महिनाको दुई पटक बैठक बसि रेडियो कार्यक्रम साझा बोली सुन्ने र प्रतिकृया दिने गर्दछन ।