स्वदेशमै कृषि पेसा र ब्यबसायमा भबिष्य देख्ने सिन्धुलीका युवा

कमल सरला सुनुवार
माघ ७ सिन्धुली

सिन्धुलीको कमलामाई नगरपालिका ७ बर्देउटारमा युवाहरुले ब्यसायिक तरकारी खेती गरिरहेका छन् । युवाहरुले जग्गा भाँडामा लिएर ब्यबसायिक तरकारी खेति गरेका हुन् । कमलामाई नगरपालिका ११ जरायोटारका पदम श्रेष्ठले ,संकल्प बहुउदेश्यीय कृषि तथा पशुपंछी र्फम दर्ता गरेर तरकारी खेती गरिरहनु भएको छ ।

उहाँले बर्देउटारमा १० कठ्ठा जग्गा भाँडामा लिएर तरकारी खेति गर्नु भएको हो । अहिले उहाँको तरकारी फर्ममा आलु ,लसुन र रायोको साग छन् । यो सिजनको तरकारी सकिए लगतै टनेला बनाएर अरु मौसमी तथा बेमौसमी तरकारी लगाउने सुर गर्दै हुनुहन्छ । पदम भन्नु हुन्छ , केहि समय अगाडी म गैरसरकारी संस्थामा जागिर गर्थे २०७६ साल देखि जागिर छोडेर अहिले कृषि ब्यवसायमै लागँे । कृषि प्राविधिक बिषय लिएर अध्यन गर्नु भएको पदमलाई अहिले कृषि ब्यवसाय गर्दा उहाँले गरेको अध्यनले सहयोग गरेको छ । आफ्नो आत्मा सन्तुष्टि , आम्दानी र परिवार संग नजिक बस्नको लागि जागिर भन्दा कृषि पेशा र ब्यबसाय नै उपयुक्त लागेर जागिर छोडेर कृषि ब्यवसायमा लागेको बताउनु भयो । कृषि पेशालाई अझ फराकिलो बनाउन उहाँले तरकारी खेती संगै पशुपालनलाई थप गर्ने सोच बनाउनु भएको छ । “साथिहरुले पढे लेखेको केटो जागिर नखाएर के कृषि पेसा गरेको भन्थे तर मलाई यहि पेशा उत्तम लाग्यो ”उहाँले भन्नुभयो ।


स्थानीय स्तरमा उत्पादन भएको तरकारी सिन्धुली बजारको लागि पर्याप्त छैन् । १० देखि १५ टन तरकारी जिल्ला बाहिर बाट ल्याउनु पर्ने अबस्था छ । जिल्लामा यस्तो अबस्थाको अत्य गर्न युवाहरुले गरेको तरकारी खेतीले मदत गर्ने उहाँको भनाई छ । जिल्लामा उत्पादन भएको तरकारी ताजा, सफा ,स्वस्थ र उपभोक्ताहरुले सहजै उपलब्ध गर्न सक्ने भएकोले ब्यापारी, उपभोत्ता, कृषक सबैलाई फाईदा हुने बताउनु हुन्छ । आधुनिक कृषिप्रबिधिको प्रयोग गरेर थोरै जग्गा , थोरै जनशक्ति बाट पनि धेरै आम्दानी लिन सकिने उहाँको भनाई छ । स्थानीय सरकाले युवाहरुका लागि स्थानीय स्तरमानै स्वरोगार बनाउने उदेश्यले सञ्चालन गरेको कार्यक्रमको दिगो प्रभाबको लागि सम्बन्धित कृषक र लक्षित बर्ग सम्म पुर्याउन सके कृषि पेशा र ब्यवसायमा राम्रो भबिष्य रहेको बताउनु हुन्छ । स्थानीय सरकारलाई त्यस्ता युवाहरुको पहिचान गरी कृषि अनुदान तथा बजेट बिनियोजित गर्न उहाँको सुझाब छ ।

 

यस्तै तीनपाटन गाउँपालिका ३ सिमालीका दल बहादुर तामाङले २०६९ साल देखि १५ बर्ष आफ्नो युवा उमेरको उर्जनशील समय बैदेशिक रोजगारमा बाहिरै बिताउनु भयो । पैसा कमाउनकै लागि त्यतिका बर्ष बिदेशमा आफ्नो समय खर्चिएकोमा अहिले उहाँलाई पश्चाताप लाग्छ । बिदेश गएको पहिलो बर्ष मलेसियामा नेपाली ६ हजार मासिक तलब लिएर काम गर्दाको दिन सम्झदै दल बहादुरले बिदेशमा बसेर राम्रो काम र दाम नभएपछि नेपालमा नै बसेर तरकारी खेती गर्ने सोच बनाउनु भयो । अहिले उहाँ तीन बर्ष देखि उत्तम तरकारी फर्ममा तरकारी खेति गरेर नेपालमानै बस्दै आउनु भएको छ । काठमाण्डौँको संखरेपुर साखुमा सात रोपनी जग्गा भाँडामा लिएर काठमाण्डौमा तरकारी खेती गर्नु हुन्छ । तरकारी खेतिमा अहिले आठ देखि १० जना युवाहरुलाई रोजगारी दिएको बताउनुहुन्छ । बिदेशमा गरिने दुख स्वदेशमा नै गर्ने सके मनग्य आम्दानी गर्न सकिन्छ भन्ने राम्रो उदाहरण आफैलाई दिनु हुन्छ । दलबहादुरले अहिले बार्षिक १७ लाख सम्म तरकारी खेती बाट आन्दानी गर्नु हुन्छ । कृषि पेशा ब्यबसायमा आफ्नो भबिष्य देख्ने युवाहरुको लागि उहाँ आफ्नो अनुभब सुनाउदै राम्रा र सकारात्मक सुझाब दिनु हन्छ । सरकारले नेपालमानै बसेर रोजगारी गर्छु भन्ने युवाहरुको लागि बिनाधितो ऋण उपलब्ध गराउन सके युवाहरु स्वदेशमा बसेर रोजगारी गर्न सक्ने उहाँको भनाई छ ।