बेथान्चोक गाउँपालिकाको क्वारेन्टाइनमा रहेकाहरु सबैको पिसिआर

Jul 9, 2020

काभ्रेको बेथान्चोक गाउँपालिकाले क्वारेन्टाइन बस्ने सबैको पिसिआर गरेको जनाएको छ । क्वारेनटाइनमा बस्न सुरु गरेपछि ५ देखी १० दिन भित्र स्वाब संकलन गरि पिसिआरको लागि पठाउने गरिएको पालिकाका स्वास्थ्य संयोजक सिताराम तिमल्सिनाले जानकारी दिनुभयो ।

पालिकाले पिसिआर रिपार्टको आधारमा घर पठाउने गरेको छ । पालिकाको विभिन्न स्थानमा गरी ४८ बेडको क्वारेन्टाइन रहेको छ । क्वारेन्टाइनमा हाल ५ जना रहेका छन् ।