खिजीदेम्बा गाउँपालिकाको सबै वडाहरुमा निशुल्क आँखा शिविर हुँदै

Jan 8, 2019

लिला बहादुर सुनुवार,

पौस २४, अ‍ोखल्ढुङ्गा 


खिजीदेम्बा गाउपालिका अ‍ोखलढुङ्गाको सबै वडाहरुमा यहि माघ १० गते देखी १८ गते सम्म निशुःल्क आँखा शिविरकाे आयोजना गरिने भएकाे छ।

खिजीदेम्बा गाउपालिका, तिलगंगा आँखा अस्पताल काठमाण्डौ र तिरोल अष्ट्रिया हेल्प चुप्लु नेपालको संयुक्त आयोजनामा शिबिर सञ्चालन हुने गाउँपालिकाका अध्यक्ष बेद बहादुर रोक्काले जानकारी दिनु भयो ।

शिबिरमा मोतिया बिन्दु लगायत आखाँ सम्बन्धि सम्पुर्ण रोगको उपचार र शल्यक्रिया समेत गरिने आखाँ बिशेषज्ञ बासु अधिकारीले बताउनु भयो ।

शिविर माघ १० गते वडा नं १ र २ को रगनी स्वास्य चौकीमा, माघ ११ गते खिजी चण्डेश्वारीमा, माघ १२ गते खिजीकाती स्वास्थ्य चौकीमा, माघ १३ गते रावादोलु स्वास्थ्य चाैकीमा, माघ १४ गते भुसिंगा स्वास्थ्य चौकीमा, माघ १५ गते वडा नं.९ को वडा कार्यालय फाप्रेमा, माघ १६ गते वडा नं.६को वडा कार्यालय हातेमा र माघ १८ गते खिजी फलाटे स्वास्थ्य चौकीमा सञ्चालन हुने खिजीदेम्बा गाउँपालिकाले जनाएको छ ।