'सिंहदरबार गाउँमा ल्याउने कुरा गरेका थियौं, फेरी उतै केन्द्रित गर्न खोज्या हो की?'-नगरप्रमुख दुर्गा बहादुर थारु

Jun 28, 2018

असार १० गते, नयाँ ब्यवस्था अनुसार स्थानिय सरकारले नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरे । मुलुक संघिय ब्यवस्थामा गइसकेपछि एकसाथ देशैभरीका अधिकांश स्थानिय सरकारले नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका हुन । जेठ १५ गते संघिय सरकार र असार १ गते प्रदेश सरकारले बजेट ल्याएपछि असार १० गतेभित्र सबै स्थानिय तहहरुले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिसक्नुपर्ने ब्यवस्था थियो । बाँके, बर्दियाका आठ, आठवटै स्थानिय सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन । तिनैमध्येका एक हो । बारबर्दिया नगरपालिका बर्दिया, तेस्रो नगरसभा मार्फत आर्थिक वर्ष २०७५,०७६ का लागी ल्याईएको बजेट, नीति तथा कार्यक्रममा के कस्ता कुराहरुलाई प्राथामिकता दिईएको छ त ? यसैविषयमा नगर प्रमुख दुर्गा बहादुर थारु (कबिर) सँगको विशेष कुराकानीका केही अंश :- 

१. बिशेष कुराकानीमा नगर प्रमुख ज्यू तपाईलाई हार्दिक स्वागत छ ?

धन्यवाद ।


२. हिजोआज यहाँको दैनिकी कसरी वितिरहेको छ ?

बिहानदेखी बेलुका पख सम्म नै बेस्त हुन्छौं, भर्खरै हाम्रो तेस्रो नगर सभा सकियो, त्यसको तयारीका लागी निकै बेस्त थियौं । यसका साथै अन्य विभिन्न खाले, बैठक लगायतका कार्यक्रम पनि त्यतिकै हुन्छन, बेस्तै छौं ।


३. हजुरको पहिलेको दैनिकी र विगत एक वर्ष यता देखीको दैनिकीमा केही फरक छ ?

(हाँस्दै)...धेरै फरक भईसक्यो नि, पहिला अब त्यति धेरै बेस्तता पनि थिएन, पार्टीको काममा गईथ्यो, र केही आफनो प्राइभेट कामहरु पनि गर्नुपर्थ्यो, अहिले त अब प्राइभेट कामको कुरै भएन, बिहानदेखी बेलुका सम्म नगरपालिकाकै काममा बेस्त हुन्छौं, खास गरी अहिले विकास निर्माणका काम देखी लिएर शिक्षा क्षेत्रमा अलि बढि जुटिरहेका छौं, त्यस कारण धेरै अन्तर छ भनौं ।


४. भर्खरै मात्र नगर सभा सम्पन्न गर्नुभएको छ, आर्थिक वर्ष २०७५,०७६ को बजेट, निती तथा कार्यक्रमको प्राथामिकता बारेमा पनि भनिदिनुहोस न ? 

हामीले ४ वटा क्षेत्रमा उच्च प्राथामिकता दिएका छौं, पहिलो भौतिक पूर्वाधार, यसमा सडक, पुलहरु छन, दोस्रो शिक्षा, यसमा हामीले खास गरी शैक्षिक गुणस्तरियताका लागी स्कुलको भौतिक संरचना निर्माण, विद्यार्थी मैत्री शैक्षिक वातावरण तयार पार्ने खालका कार्यहरुमा अलि बढि प्राथामिकता दिएका छौ, त्यसपछि हामीले स्वास्थ्य क्षेत्रलाई जोड दिएका छौं, अहिले हाम्रो सिकलसेल एनिमियाका शिवीरहरु चलीरहेको छ, एनएचआरसीले यसको चलाईरहेको छ, प्लस हामीले अहिले सबै वडाहरुमा जनचेतना मुलक कार्यक्रमहरु सञ्चालन गरेका छौं, सिकलसेल एउटा वंशाणुगत रोग हो, त्यसकारण एउटा वंशबाट अर्को वंशमा सर्न नदिन र त्यसलाई जहाँ छ त्यही रोक्न हामी जनचेतना अभिवृृद्धिका लागी अभियान चलाई रहेका छौ, सबैतिर सबै रोगको खासगरी बहुक्षेत्रीय पोषण कार्यक्रम भो, त्यसपछि हजार दिनका सुनौला आमा कार्यक्रमदेखी लिएर थुप्रै स्वास्थ्य सम्वन्धि जनचेतना मुलक कार्यक्रमहरु चलाईरहेका छौं, यसमा निकै प्राथामिकता दिएका छौं, त्यसपछि हामीले कृर्षि क्षेत्रमा प्राथामिकता दिएका छौं, हाम्रो लगभग २४ वटा पकेटहरु छ धानको, अहिले हामी दुई वटा ब्लक निर्माण गर्दै छौं, त्यसपछि हामी निकट भविष्यमै जोन निर्माण गर्ने र त्यसमा फड्को हान्ने तयारी गरिरहेका छौं, कृर्षि क्षेत्रमा हामीले कृर्षि यान्त्रीकरण, प्रधानमन्त्री कृर्षि आधुनिकरण कार्यक्रममा जोड् दिएका छौं, यसो संघ र प्रदेशको बजेट हेर्दा खेरी त यसलाई खासै प्राथामिकता दिएको देखिएन, माथीकाले नदिए नि हामी चाँही दिन्छौ भनेर हामीले बजेट पनि छुट्टाएका छौ, र अलि यो परम्परागत खेती प्रणालीलाई नबद्ल्ने हो भने जनताको जिवनस्तरमा परिवर्तन आउने संम्भावना नै छैन, त्यसकारण हामीले कृर्षिलाई आधुनिकरण, यान्त्रिकरण गर्ने खास गरी खेत जोत्ने, धान रोप्ने त्यसपछि काट्ने र दाउने यि कृर्षि यन्त्रलाई हामी किसानको पहुँचमा पु¥याउर्दै छौं, त्यसैगरी सत्खलुवा, खैरेनीलाई अर्गनिक खेति पकेट क्षेत्रको रुपमा विकास गर्न लागी परेका छौं, यसैगरी अर्को हाम्रो प्राथामिकताको क्षेत्र भनेको युवाहरुलाई स्वरोजगार बनाउने हो, हामीले यसलाई लक्षितहरुको कार्यक्रम अन्र्तगत राखेका छौं, ११ वटै वडामा महत्वपुर्ण तालिमहरु सञ्चालन गर्ने भनेका छौं, गत सालकै बजेट कार्यन्वयनको अवस्थालाई हेर्ने हो भने पनि १ हजार बढि युवाहरुलाई विभिन्न सिपमुलक तालिमहरु दिई सकेका छौं, जसमा मोटर साइकल मर्मत, हाउस वाइरिङ, मोबाइल तथा अन्य इलेक्ट्रोनिक सामाग्री मर्मत तालिम, सिलाई कटाई, नेतृत्व विकास, पत्रकारिता लगायतका धेरै तालिमहरु छन, सिप पाईसकेपछि युवाहरु विस्तारै स्वरोजगार हुन्छन भन्ने हाम्रो उद्देश्य हो, यता पनि हामीले प्राथामिकता दिएका छौं ।


५.विगतका बजेट, निती तथा कार्यक्रमहरुको समिक्षा पनि पक्कै भएको होला, यसपटक केही फरक छ ? जुन बजेट सिलीङको आधारमा भन्नुपर्दा ?

अब अहिले बजेटको हिसावले हेर्दा खेरी स्थानिय सरकारहरुलाई वित्त सामानीकरण (निशर्त) दिने बजेटमा कटौती गर्‍यो, हाम्रो नगरपालिकाको मात्र हेर्ने हो भने ९ करोड रुपैया घट्यो, अरु सबै नगरपालिकाहरुमा पनि एवं रितले घटेको छ, अलि कति संघिय सरकारले चाँही संघियताको मर्म (हल्का हाँस्दै)... अलि जो स्प्रिड हुन्छ नी, हामीले सिंहदरबार गाउँ र टोलमा ल्याउने कुरा गरेका थियौं, फेरी सिंहदरबार उतै केन्द्रित गर्न खोज्या हो की जस्तो भान हुने के, यद्धपी त्यस्तो छैन, तर पनि जति बजेट आएको छ, त्यसलाई हामी सही सदुपयोग गछौ, विगतका अनुभवको कुरा गर्ने हो भने हामी सँग अनुभव केही पनि थिएन, पहिलो पटक निर्वाचित भएका जनप्रतिनिधि, जसले पहिले कुनै अनुभव नलिएको नयाँ टिम पर्‍यो, त्यसकारण केही अनुभवको कमीबाट एक वर्ष वितायौं, जसले गर्दा केही कमी कम्जोरीहरु पनि भए, तर अब एक वर्षको अनुभवले भने अलि पाका भएका छौ अहिले, बजेट पनि अलि बस्तुबादी हामीले बनाएका छौ, गतसालको बजेट हामी हिउँदे अधिवेसन तोक्दा सम्म धेरै रकमान्तरण गर्न पर्‍यो, अहिले हामीले त्यसो गर्न नपर्ने गरी बजेट बिनियोजन गरेका छौ ।


६. एकिन बजेट कति छ ? विगतको भन्दा कम की बढि ?

अहिले हाम्रो निसर्त र ससर्त बजेट कुलमा गरी ५६ करोड भन्दा माथी बिनियोजित भएको छ, जुन आर्थिक वर्ष २०७५/०७६ का लागी हो, आर्थिक वर्ष २०७४/०७५ को बजेट पनि करिब यतिकै थियो, तर गतसालको बजेट के थियो भन्दाखेरी वित्त सामानीकरण (निर्शत) बजेट बढि थियो, लगभग ३६ करोड बजेटलाई हामीले हाम्रो सभाबाट परिस्थिती अनुसार विनियोजन गर्न पायौं, तर यसपटक करिब २३ करोड जति बजेट सभाबाट बिनियोजन गर्न पाएनौं, सशर्त बजेट बढि दियो (जस्तै केन्द्रले नै कार्यक्रम बनाईदिएर बजेट तोकेर पठायो) जुन बजेट हामीले यहाँ यता उता गर्न मिल्दैन, त्यसले गर्दा यहाँको आवाश्यकता फुलफिल (पुरा) गर्न अलि हम्मे (गाहे) परेको हो ।


७. तीन वटा सरकारका कार्यक्रमहरु नदोहेयौन भनेर वडागत रुपमा बजेट, निती तथा कार्यक्रमहरु कसरी मिलाउनु भएको छ त ?

यस्तो छ, हामीले वडालाई वडाको भौगोलिक क्षेत्रफल, जनसंख्या, विकटता र त्यस वडाबाट आउने आन्तरिक राजस्व कति संकलन भयो, यस्ता कुराको आधारलाई वेश मानी हामीले सुत्रका आधारमा वडाको बजेट सिलीङ तोकेयौ, यसरी कुनै वडामा बढि र कुनैमा कम पनि बजेट गएको छ, त्यही अनुसार वडा समितिले छलफल गरी वडा स्तरको बजेट बिनियोजन ग¥यो, हामीले अलि पहिल्यै नै बजेट सिलीङ तोकेर पठाएका थियौ, त्यसपछि हामीले नगर स्तरका गौरवका योजनाहरुको लागी नगर कार्यपालिकाबाटै बजेट बिनियोजन ग¥यौं, र वडाको सिलीङ बजेट र नगरको बिनियोजित बजेटलाई समग्रमा सभाबाट बिनियोजित ग¥यौ र स्विकृत ग¥यौं ।


८. न्युनतम यति देखी यति सम्म भन्ने त केही होला नी ?

अब यसरी हेर्दा सबै भन्दा बढि बजेट गएको वडामा ६२ लाख र कम गएको वडाको बजेट ४२ लाख बराबर रहेको छ, ६२ र ४२ बजेट सिलिङकै आधारमा वडा समितिले वडाको आवाश्यकतालाई ध्यान दिई सबै क्षेत्रलाई सम्बोधन गर्नुभएको छ, एकै वर्षमा सबै त संम्भव छैन, क्रमशः फुलफिल (पुरा) गदै जाने हो, पाँच वर्ष भित्रमै बारबर्दिया नगरपालिकालाई समृद्धिको एउटा चरणमा पु¥याउन सक्छौं भन्ने विश्वास छ । 


९. बर्दियाका आठ स्थानिय तहमध्येको एक बारबर्दिया नगरपालिका पनि आफनो नगरको समृद्धिका लागी निकै प्रतिस्पर्धामा उत्रेको छ, भनिन्छ त्यसै हो ? कि बाहिरको चर्चा मात्रै हो ?

(हाँस्दै)...हैन त्यो त सोतह भइहाल्छ नी, अब जनतामा पनि त्यो आकाँक्ष छ नी, फलनो नगर भन्दा चाँईने हाम्रो नगर छिटो विकास हुन प¥योे, बाटो, पुल बन्न प¥यो हैन, हिलो हुन्छ, बर्खामा पानी पर्छ, हिड्न अप्ठेरो हुन्छ, यसरी जनताको आकाँक्ष तिब्र छ, त्यो तिब्रतालाई सम्बोधन गर्ने चुनौति हामीलाई छ, त्यसकारणले यो प्रतिस्पर्धा छिमेकी नगरमा यस्तो भयो रे, सुन्दा खेरी हाम्रोमा पनि यस्तो गर्न प¥यो, त्यसैले विकास र नगरको समृद्धिका लागी स्वच्छ प्रतिस्पर्धा चलि राछ । 


१०. धेरै ठाउँमा कर्मचारी प्रशासन र जनप्रतिनिधि विच तालमेल मिल्न नसक्दा सेवा प्रवाहमा समस्या आईरहेको देखिन्छ ? यो समस्या तपाईको नगरपालिकामा पनि छ की ?

हाम्रोमा त राम्रो छ, म अन्य नगरपालिकाहरुको न्युज पढ्छु, मेयर र प्रमुख प्रशासकिय अधिकृत विचमा चाँईने विवाद भएको, कोठामा ताला लगाएको, यस्तो नराम्रो खबरहरु न्युजमा सुन्न पाईन्छ, त्यो नमजा लाग्छ, तर हाम्रो नगरपालिकामा त्यस्तो समस्या छैन, हाम्रोमा जनप्रतिनिधि र निजामति कर्मचारी विच बढो राम्रो सम्बन्ध छ, हामी एक ढिक्का भएर टिम वर्क गरिरहेका छौ, कर्मचारी साथिहरु पनि बिहान देखी अबेर राति सम्म खट्नु हुन्छ, १० देखी ४ को कुरा कहिल्यै गर्नुहुन्न उहाँहरु, सबै हामी युवा टिम छौ ।


११. बारबर्दिया नगरपालिका क्षेत्रमा क्रियाशिल केही कार्यालयको हाजिरी तपाईहरुकै कार्यालयमा छ रे ? काम गर्ने एक ठाउँमा अनि हाजिर लगाउन नगरपालिका कार्यालय साँझा, विहान पुग्नु पर्ने, यसबारेमा केही कार्यालयगत कर्मचारीको गुनासो पनि छ नी ?

हाम्रोमा त्यस्तो छैन, बरु पुरानो नगरपालिका भएको तिर होला, हाम्रो त सबै हस्तारण भईसक्यो, जस्तै अब कृर्षि, पशु, शिक्षा लगायतका धेरै शाखा कार्यालय नगरपालिकामा आईसक्यो, महिला शाखाको मात्र प्रमुख जानुभएको छैन, अरु सबै शाखाका प्रमुख लगायत हामी सँगै हुन्छौ, एउटै इलेक्ट्रोनिक्स हाजिरी मेसिन छ, त्यसैमा सबै जनाले हाजिरी गर्नुहुन्छ, (हाँस्दै)......त्यस्तो गुनासो मसँग आईपुग्या छैन केरे, कसैले केही भन्नुभएको छैन, साथिहरु खुसी हुनुहुन्छ, त्यही नगरपालिका कार्यालयमा हाजिरी गर्नुहुन्छ, काममा खट्नुहुन्छ, काम गरिरहनुभएको छ ।  


१२. स्थानिय तहको निर्वाचन २०७४ हुनुअघि तपाई बिजयी भए पश्चात पनि निकै जोस जाँगरीलो देखिन्थ्यो ? जनताको सेवा गर्ने त्यति बेलाको उर्जा, जोस, जाँगर उस्तै छ की केही कम भयो हजुरको ?

उतिबेलाको भन्दा अहिले झन उर्जाशिल लाग्छ हो, झन हामी त खटि रहेका छौं, जति धेरै जनताको अपेक्षा छ, त्यतिकै विश्वास पनि गरेका छन् जनताले, त्यसकारणले गर्दा खेरी हामीलाई काम गर्न धेरै नै जाँगर लागेको छ, विश्वासका साथ हामी गरिरहेका छौ, कुरा के हुन्छ भन्दा खेरी, अलि बढि आलोचना भयो (ब्याग बाइटिङ धेरै) भने मान्छे अलि अप्ठेरो मान्छन नी, हामीमा त्यस्तो छैन, राम्रो छ, कसैलाई केही लाग्यो भने फेस टु फेस राख्छन, त्यो राम्रो पक्ष हो, र खासमा हामी पहिलो वर्ष के अलि मेलो मेसो नपाए जस्तो भएर पनि अलि अलमल जस्तो भयो, अहिले केही अनुभव पनि भईसक्यो, यसले कार्य सम्पादनमा सहयोग गरिरहेका छ, त्यसकारणले गर्दा खेरी अहिले सहज भा,छ । काम एकदम स्मुथले अघि बढ्ने वातावरण सिर्जना भएको छ, अफिस देखी फिल्ड सम्म राम्रो नै छ । 


१३. गुलरिया र बारबर्दिया जोड्ने एउटा पुल वषौं पछि बन्यो त्यो पनि धेरै समय टिक्न सकेन ? जब्दी घाट स्थित बबई पुलको बारेमा हल्ला गर्नेहरु धेरै आए गए ? जति चर्चा भए पनि कामले गति लिन सकेको छैन ? यसबारेमा तपाईको भनाई के छ ?

माथी (केन्द्र) ले त केही पनि गर्ला जस्ता लागेन हेर्नुहोस, यो जब्दी पुल खासमा निर्माण कम्पनीले कसरी निर्माण ग¥यो, डिजाईन गर्ने हाम्रो सरकारी डिजाइनरले कस्तो डिजाइन ग¥यो, विवाद तिनीहरुको विचमा छ, तर पुल त भत्कयो नि, पुल भत्कीए पछि बनाउने जिम्मेवारी निर्माण कम्पनीकै हो त, किन की पुल निर्माण गरेपछि नेपाल सरकारलाई हस्तारण नै गरिएको छैन, हस्तारण नगरेको अवस्थामा पुल भत्कीएपछि बनाउने दायित्व भनेको कम्पनीकै त हो नी तर उसले गर्दैन, डिजाइन गलत थियो त्यसकारण भत्कीयो भन्छ, डिजाइन गलत थियो, वा के थियो त्यसको फैसला होला, जवाफदेहीता होला, त्यो आउने दिनमा होला तर निर्माण कम्पनीले पुल त बनाउनु परथ्यो, त्यो पनि गर्दैन, त्यसपछि जनतालाई दुःख, निर्माण कम्पनीलाई समातेर हत्कडी लगाएर चाँइने थुन्नु पर्छ भनेर मैले भन्या हो, अब त्यो सक्दैन्न, दादागिरी छ उसको, सरकारले सक्दैन् । 


१४. गुलरिया नगरपालिका सहित हजुरहरुले पनि चासो दिनुभएको छ ? जिल्लाका केही उच्च पदस्त अधिकारीले पनि सक्रियता देखाएका छन ? तर उपलब्धी केही भएन किन ?

यहाँ सिडीयो साव देखी लिएर जिल्ला समन्वय अधिकारी सहित पुरै हामी त काठमाडौं गयौ नि, भौतिक योजना तथा पूर्वाधार मन्त्रालय मातहतकै पुल हो, मन्त्री ज्यूलाई हामीले भन्यौ, की तपाईले पप्पु कन्ट्रसनलाई पुल बनाउन लगाउनुहोस, कि तपाईले बनाउनुहोस, गर्न प¥यो नि त, यहाँ सरकार छ भन्ने जनतालाई महसुस त हुनुप¥यो, अब स्थानिय सरकारको कार्यक्षेत्र त्यहाँ भएन, अरबौको पुल बनाउने कुरा, त्यसकारणले गर्दा कि तपाईले गर्न पर्यो, कि हामीलाई गर्ने अधिकार सहित बजेट दिन प¥यो, भन्या हो, हैन त्यहाँ हामी स्थलगत हेरेर त्यसलाई कालो सुचीमा राख्ने या वा भन्नुभयो मन्त्री ज्यूले, त्यतिकै सेलाई गयो, विषय नै हरायो, अब अहिलेको कुरा के भन्दा खेरी त्यो पुलको ब्यवस्थापन गर्न प¥यो, जस्तै जहाँ नदिको सतह बगेको छ, त्यही पुल भाँसिएको छ, अब बर्खामा बाढि आउँछ, रुख झारपात बगेर आउँछन, त्यसमा अल्झीर्दै गएर नदि त थुनिन्छ नी, यता तिर बालुवा थुप्रिएर पुलको माथि स्पाम छोई सक्यो, भनेपछि अब पानी जाने ठाउँ छैन, नभएपछि पानी ओभरफलो भएर पानी त जाने हो बारबर्दिया, खुन्तीपुर, जब्दी, बेलभार सबै डुवाउँछ, यो खतरानाक विपत्त आउँदै छ, यो विपत्तको पूर्व तयारी के हो त भनी हामी बैठक पनि बसेयौं, गुलरिया नगरपालिका र बारबर्दिया नगरपालिका मिलेर लाखौं बजेट खर्चेर तलको बालुवा हटाउने भनेर लाग्यौ, के हटाउनु त्यहाँ त पाहाडमा मुसोले प्वाल पार्छु भन्या जस्तै भो, अनि त्यो पनि गाहे भो, सजिलो के हुन्थ्यो भने जो भत्केको स्लाप छ नी, त्यसलाई क्रेन (मेसिन) ले तानेर बाहिर हटाउने अथवा त्यसलाई त्यही तल झारीदिने माथि बेलीब्रिज हालेपछि यातायात पनि सहज हुन्थ्यो, पानीको बहाव पनि सहजै जान्थ्योे, यति सजिलो उपाय छ, सरकारले गर्दै गर्दैन, के भन्ने अब ?


१५.तत्कालका लागी के भईदियोस भन्ने चाहाना हो ?

म त त्यो स्पाम तल झरेको छ, त्यसलाई हटाईदिने, तान्ने क्रेन छैन भने बरु जेसीबी लगेर त्यसको छेउ छेउबाट धकेल्दीने हो भने त्यो गईहाल्छ, त्यो ढलेपछि कम्सेकम त्यहाँ रुख, झारपात आएर त अल्झीने त हुदैन, पानी तल भुई पिधमै गएर त बस्छ, त्यसपछि माथी बेलीब्रेज हालिदिने, अनि माथि गाडि मोटर सगैं मान्छे पनि हिड्न पाउँछ, तल नदिको बहाव रोकीने खतरा पनि हुदैन, यति गरिदिन प¥यो भन्दा सुन्दैन्न, गरिदिन्न ।


 १६. हवस्त, अति बेस्त भएर पनि समय दिनुभयो ? नगर प्रमुख ज्यू तपाईलाई धेरै–धेरै धन्यवाद ।

बारबर्दिया नगरपालिकासंग सम्वन्धित केही कुराहरु राख्ने मौका दिनुभयो, तपाई र तपाईको यो न्युज टिमलाई पनि धन्यवाद छ ।

–प्रस्तुति प्रेम विश्वकर्मा

-असार १४, २०७५ ।