बिदेशमा मेहनत, थुर्पा चिनाउन थुर्पा रेष्टुरेन्ट

Mar 20, 2019

प्रेमबहादुर राम्जा
दाङ, ६ चैत ।


बैदेशिक रोजगारबाट फर्केका धेरै युवाहरु स्वदेश फिर्तासंगै आयआर्जनमा लागेका धेरै उदाहरण छन् । रोजगारीको अभाव तथा बाध्यताले कमाउन बिदेश पुगेर स्वदेश फर्केका धेरैले युवाले स्वदेशमै रोजगारी सिर्जना गरेका छन् ।

बिदेशमा बगाएको पसिनाको सदुपयोग गर्दै धेरै युवाले विभिन्न ब्यबसायमा लागेका छन् । जसले स्वदेशमा रोजगारी छैन भनेर बिदेश पुगेर फर्केकाहरुका लागि स्वदेशमा कमाउने उपायको खोजी गरेको मान्न सकिन्छ । यस्तै मध्येका एक हुनुहुन्छ माडी गाउँपालिका ६ कोर्चाबाङमा जन्मेर आठ बर्ष बैदेशिक रोजगारीका कतार र दुबैमा बिताउनुभएका कैलाश घर्ती मगर ।

दुबै र कतारमा कमाएको पुजीले रोल्पा निबासी घर्तीले घोराहीमा थुर्पा रेष्टुरेन्ट सञ्चालनमा ल्याउनुभएको छ । रोजगारी नभएको भन्दै बिदेशीनु भएका घर्तीले आठ बर्ष बिदेश बिताउनुभएका घर्तीले स्वदेशमै रोजगारी सिर्जना गर्नुभएको छ । अहिले घर्तीले आफैले केही युवाहरुलाई रोजगारी दिनुभएको छ ।

२५ लाखको लगानीमा उहाँले आफु जन्मेको स्थान थुर्पा लेकलाई चिनाउने गरी रेष्टुरेन्टको नामै थुर्पा राख्नुभएको छ । अस्थायी रुपमा दाङको घोराही १३ डुम्मरगाउँमा बस्दै आउनुभएका घर्तीले घोराही १४ बाल मन्दिर नजिक रेष्टुरन्ट सञ्चालन गर्नुभएको छ ।

बिदेशमा पसिना बगाउनुभएका घर्तीले स्वदेशमै आफैले रेष्टुरेन्ट सञ्चालन गर्दा निकै खुशी भएको बताउनुभएको छ । पहिले काम खोज्दै बिदेश पुगे अहिले स्वदेशमै ब्यबसाय सुरु गरेर पैसा कमाउन सुरु गरेको छु घर्तीले भन्नुभयो ।

रोजगारीका क्रममा विभिन्न समाज गठन गरेर समाज सेवामा संलग्न हुनुभएका घर्तीलाई अहिले आफ्नै रेष्टुरेन्ट भ्याई नभ्याई छ । पहिले आफै रोजगारीको खोजी भौतारिएर बिदेश पुग्नुभएका घर्तीलाई स्वदेशमै रोजगारी सिर्जना गर्दा आफै दंग हुनुहुन्छ ।

बैदेशिकर रोजगारका क्रममा रोल्पा जलजला सेवा समाज कतारको दुई कार्यकाल अध्यक्ष, थुर्पा प्रबासी सेवा समाजको अध्यक्ष, रोल्पा गुम्चाल सेवा समाजमा समेत आबद्ध घर्तीले बिदेशमा गठन भएका समाज मार्फत् विभिन्न समयमा आर्थिक संकलन तथा सहयोग गर्नुभएको छ । बिदेशमा मार्केटिङको अनुभव संगाल्नुभएका घर्तीले स्वदेशमा भने ३ जनालाई रोजगारी दिनुभएको छ ।

रेष्टुरेन्टमा एक जना कुक, वेटर र भाडा सफा गर्नका लागि कामदार राख्नुभएको छ । यस्तै रेष्टुरेन्टमा आफुसंगै परिवारका अन्य सदस्यलाई काममा लगाउनुभएको छ । काम नपाएर भौतारिएको स्मरण गर्दै घर्तीले भन्नुभयो । काम नेपालमै रहिछ आठ बर्ष अगाडि म काम खोज्दै बिदेश पुगे ।

घर्तीले सञ्चालनमा ल्याएको रेष्टुरेन्टमा रोल्पा तथा दाङ आसपासमा पाइने स्थानीय परिकारको ब्यबस्था गरिएको छ । रेष्टुरेन्टमा थकाली खाना, लोकल कुखुरा, सिस्नो, ढिडो, नास्ताको ब्यबस्था गरिएको छ । रेष्टुरेन्टमै आएर खाने समय नहुनेहरुका लागि होम डेलीभरीको ब्यबस्था गरिएको पनि घर्तीले बताउनुभयो ।