बर्दियामा लकडाउन बाट प्रभाबित १८हजार बढी बिपन्न परिवारले राहत पाए

May 19, 2020

जेष्ठ ६,बर्दिया, सरकारले जारी गरेको लकडाउनका कारण प्रभावित १८ हजार ४ सय बढी परिवारलाई राहत वितरण गरिएको छ । लामो समयको बन्दाबन्दीका कारण ज्याला मजदुरी गर्न नपाई दैनिक छाक टार्न समस्यामा परेका १८ हजार ४ सय ५१ विपन्न परिवारलाई राहत वितरण गरिएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ । जिल्ला प्रशासन कार्यालय बर्दियाका अनुसार सबै स्थानिय सरकारहरुले पहिलो र दोस्रो चरणको राहत वितरण कार्यक्रम अन्तरगत सो राहत वितरण गरेका हुन् ।

बर्दियामा रहेका ८ स्थानिय तह मध्य ठाकुरबाबा नगरपालिकामा ३ हजार ७ सय २३ परिवार, मधुवन नगरपालिकामा २ हजार ६ सय ४७ परिवार, बढैयाताल गाँउपालिकामा २ हजार ५ सय ५२ परिवार, राजापुरमा २ हजार ४ सय २७ परिवार, गेरुवा गाँउपालिकामा २ हजार ९५ परिवार, गुलरिया नगरपालिकामा १ हजार ७ सय २६ परिवार, बारबर्दियामा १ हजार ६ सय ६५ परिवार र बाँसगढी नगरपालिकामा १ हजार ६ सय १६ परिवारलाई राहत वितरण गरिएको छ । त्यस्तै बर्दियामा हाल सम्म ४ हजार ५६ जनाको कोरोनाको नमुना परिक्षण गरिएको छ । पिसिआर विधिबाट ६ सय ५६ जना र आरडिटी विधिबाट ३ हजार ४ सय जनाको कोरोनाको नमुना परिक्षण गरिएको स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ । पिसिआर विधिबाट गरिएको नमुना परिक्षणको क्रममा ६ सय ५५ जनाको रिपार्ट नेगेटिभ आएको छ भने १ जनामा कोरोना संक्रमण देखिएको र १ सय २६ जनाको स्वाब संकलनको रिपार्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले बताए ।

बर्दियाको गुलरियामा ६ सय २० जना, मधुवनमा ५ सय २७, राजापुरमा ४ सय २ जना, गेरुवामा ३ सय २२, ठाकुरबाबामा १ सय ८९, बारबर्दियामा १ सय ८४ र बारबर्दियाको सामुदायिक क्वारेन्टाईनमा १ हजार ३० जनाको आरडिटी विधिबाट दु्रत परिक्षण गरिएको छ । त्यस्तै बाँसगढी नगरपालिकामा ६६ जना, बढैयाताल गाँउपालिकामा ३७ जना, जिल्ला प्रहरी कार्यालयमा ११ जना र कन्ट्याक टेसिङ्ग मार्फत सम्पर्कमा आएका १२ जना गरी ३ हजार ४ सय जनाको आरडिटी गरिएको छ । आरडिटी गरिएका सबैको रिपार्ट नेगेटिभ देखिए पछि सबैलाई होम क्वारेन्टाईनमा पठाईएको स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ ।

अब बर्दियामा ६ सय १९ जना मात्रै क्वारेन्टाईनमा रहेका छन् । बर्दियामा सबै स्थानिय तहहरुमा गरी १ सय २ क्वारन्टाईन स्थलमा ३ हजार ५ सय ९३ बेड संख्या निर्माण गरिएको छ । निषेधाज्ञा जारी पछि बर्दियामा बाहिरी जिल्लाबाट १३ हजार ५ सय ८७ जना भित्रिएका छन् ।