२७ जना ब्यवसायिक महिलालाई सिलाई मेसिन वितरण

Nov 12, 2020

बिकास थापा, कपिलवस्तु कार्तिक २७ ।
कपिलवस्तुको बाणगंगा वडा नं ७ ले २७ जना ब्यवसायिक महिलालाई सिलाई मेसिन वितरण गरेको छ । सिलाई कटाई ब्यवसाय गरि बसेका लेबल एक र दुई तालिम प्राप्त वडा भित्रका २७ जना महिलाहरुलाई प्रोत्साहन मार्फत सिलाई मेसिन वितरण गरेको हो । कार्यक्रममा सिलाई मेसिन वितरण गर्दै राष्ट्रिय सभा सदस्य बिमला घिमिरेले लक्षित बर्गका कार्यक्रममा मात्र होईन बिकास निर्माण ,बजेट र योजना कार्यान्वयनको पाटोलाई पनि महिलाले उत्तिकै चासो दिनुपर्ने स्पष्ट पार्नुभयो । उहाले महिलालाई नेतृ नभनि महिला नेताको रुपमा सम्बोधन गर्नुपर्ने जोड पनि दिनुभयो । वडाले समयमै आफुना योजनाहरु सम्पन्न गर्ने लक्ष्यका साथ हरेक बर्षमा जस्तो लक्षित बर्गका कार्यक्रमलाई तिब्रता दिईरहेको वडा अध्यक्ष बिष्णु गिरीले बताउनुभयो ।

Image may contain: 1 person, sitting and indoor

चालु आ.व २०७७र७८ को कार्तिक तेस्रो सातामासम्म ८ वटा योजनाहरु सम्पन्न भईसकेको पनि जानकारी गराउनुभयो । वडाले हालसम्म सयौ महिलाहरुलाई ब्यवसायिक तालिम दिईसेकेको बताउदै सिलाई मेसिनलाई उचित ढंगले प्रयोग गरि ब्यवसायिक महिलाको रुपमा चिनाउन समेत आग्रह गर्नुभयो । यता वडाले सिलाई मेसिन दिएपछि आफ्नो ब्यवसायमा थप उर्जा र हौसला दिएको महिलाहरुले बताएका छन ।