स्थानिय विकास तथा सुशासनबारे छलफल गर्दै बाँके कम्दीका युवा !

Jan 8, 2018

बाँकेको डुडुवा गाउँपालीका वडा कम्दीका युवाहरु अचेल स्थानिय विकास तथा सुशासनका सवालमा सचेत हुन थालेका छन् गतबर्षदेखि सुशासन पारस्परिक जवाफदेहिता सम्बन्धि रेडियो कार्यक्रम साझाबोली सुन्न थालेपछि समुहका युवाहरु संगठित भई स्थानिय तहका कृयाकलापको निगरानीमा समेत सक्रिय हुन थालेका हुन् कम्दीमा गतबर्ष नै शिब रेडियो स्रोता क्लव गठन गरिएको  

सरकारी निकाय आम संचारमाध्यम नागरिक समाजको एक आपसी जवाफदेहिता सम्बन्धि छलफल हुने रेडियो कार्यक्रम साझा बोली समुहमा बसेर सुन्ने छलफल गर्ने अनि सुनेका कुराहरुलाई ब्यबहारमा उतार्ने उद्देश्यका साथ रेडियो श्रोता समुह गठन गरिएको हो पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत इक्वेल एक्सेसले काठमाण्डौमा स्थानिय एफएमले नेपालगञ्जमा उत्पादन गर्ने कार्यक्रम कृष्णसार एफएम तथा नेपालगञ्ज एफएमबाट सुन्न थालेपछि समुदायका युवाहरु स्रोता क्लवमा आवद्द भएर सार्वजनिक निकायको जवाफदेहिता खोज्न सक्रिय भएका हुन् साझाबोली स्थानिय कार्यक्रम अवधी तथा थारु भाषामा समेत उत्पादन एवं प्रसारण हुन थालेपछी यसले समुदायका युवालाई झनै उत्साही बनाएको भन्नुहुन्छ क्लवका सहजकर्ता विष्णुमाया न्यौपाने

परियोजनाको स्थानिय साझेदार संस्था आईएचआरसी नेपालले श्रोता क्लवको ब्यवस्थापनमा सघाएको यो समुहका सदस्यहरुले साझाबोली रेडियो कार्यक्रमका साथसाथै साथीसंग मनका कुरा कार्यक्रम समेत हप्तैपिच्छे नबिराईकन सुन्ने गर्छन् भने स्रोता समुहको बैठक महिनामा पटक बस्नेगर्छ


बैठकमा सार्वजनिक निकायको जवाफदेहिता मात्र खोज्ने नभई नागरिक समाजको दायित्व बारे समेत छलफल हुन्छ स्थानिय तहको कामलाई नागरिकमुखी कसरी बनाउनुपर्छ भन्ने बारेमा तर्कवितर्क हुन्छ रेडियो कार्यक्रम सुनीसकेपछि श्रोता समुहका सदस्यहरुले आफ्ना प्रतिक्रियाहरु आईभिआर मार्फत रेकर्ड समेत गराउने गरेको स्रोता समुहकी सहजकर्ता बिष्णुमाया न्यौपानेको भनाई

यो समुहका सदस्यहरुले रेडियो कार्यक्रम सुनेर छलफल गर्ने, समुदायलाई जानकारी दिने संगसंगै आफ्नो समुदाय तथा टोलको सरसफाई समेत गदै आएको आफुहरुले यसरी गाउँघरमा सरसफाई अभियान संचालन समेत गरेपछि अहिले टोल नै सफा भएको सबैले राम्रो काम गर्नुभयो भनेर हौसला दिने गरेको  स्रोता समुहका सदस्य बेल बहादुर बोहराले बताउनुहुन्छ   शिब रेडियो स्रोता समुहमा १८ देखि ४० बर्ष उमेर समुहका  २५ जना सहभागि छन् त्यसमा पनि धेरैजना सदस्यहरु महिला छन् दलित, मधेसी, क्षेत्री जनजाती सबै जातजातिका सदस्यहरु रहेको यो रेडियो श्रोता क्लवले हालै लैगिक हिंसा बिरुद्धको १६ दिने अभियान, साक्षरता अभियान लगायत बिभिन्न खाले सचेतनामुलक कार्यक्रमहरुमा समेत सहयोग गरेको बताउनुहुन्छ क्लवका सदस्य बेल बहादुर बोहरा

यूयसएआईडीको सहयोगमा एफएचआई-३६०, इक्वेल एक्सेस आईसिएनएले यस पारस्परिक जवाफदेहीता परियोजना बाँके सहित देशभरका ३४ वटा जिल्लामा संचालन गरेको

सामुदायिक संचारकर्मी कल्पना आचार्य, बाँकेबाट