योजना निर्माण प्रक्रिया र सार्वजनिक सेवाको गुणस्तर बारे रेडियो श्रोता समुहलाई प्रशिक्षण


रामेछापको लिखु तामाकोसी गाउँपालिका वडा नं ५ नागदहका नमुना रेडियो श्रोता समुहका सदस्यहरुलाई र स्थानीयलाई स्थानीय तहको योजना निर्माण प्रक्रिया र सार्वजनिक सेवाको गुणस्तरको बारेमा प्रशिक्षण प्रदान गरिएको छ । हुराडेक नेपाल दोलखाको आयोजनामा युएसएडको आर्थिक सहयोग तथा एफएचआई ३६० संगको सहकार्यमा सञ्चालित नागरिक समाज पारस्पारिक जवाफदेहीता परियोजना अन्तर्गत सो कार्यक्रम आयोजना गरिएको हो । प्रशिक्षण कार्यक्रममा वडा कार्यालयका निर्वा्चित जनप्रतिनिध, स्थानीय सभाका सदस्यहरु, सामाजिक अगुवा, विभिन्न सामुदायीक संस्थाका प्रतिनिधिहरु, आमा समुह, युवा समुह लागायतको सहभागिता रहेका थियो । कार्यक्रममा स्थानीय तहको योजना छनौटका प्रक्रिया, चरण, प्राथमिकताका योजनाहरु र योजना कार्यान्वयनको प्रक्रियाको बारेमा हुराडेक नेपाल दोलखाका रामेछाप जिल्ला कार्यक्रम संयोजक नवराज पथिकले जानकारी दिनुभएको थियो । कार्यक्रममा सहभागी नमुना रेडियो श्रोता समुहका सहजकर्ता दालचिनी मगरले यस्ता प्रशिक्षणले अझ रेडियो श्रोता समुहलाई स्थानीय तहको योजना र कार्यन्वयनको बारेमा निगरानी गर्न खबरदारी गर्न जानकारी मिलेको बताउनुभएको छ । कार्यक्रममा बोल्दै लिखु तामाकोसी गाउँ कार्यपालिका सदस्य वुद्धिबहादुर बिकले प्रशिक्षणले योजना तर्जुमाको बेलामा स्थानीय समुदाय र नागरिकले ध्यान दिनु पर्ने कुरा अवगत भएको बताउनुभयो ।
श्रोतःहुराडेग नेपाल दोलखा रामेछाप जिल्ला संयोजक नवराज पथिक