रिब्दीकोटमा युवाहरुले ५ हजार मुडामा सिटाके च्याउ उत्पादन गर्न थाले

Nov 11, 2020

रिब्दीकोट गाउँपालिका पाल्पाका २० जना युवाहरुले सामुहिक च्याउ खेती गरेका छन् । गाउँपालिकाको वडा नं. ५ कुसुमखोला सईटोलका युवाहरुले ५ हजार काठका मुडामा सिटाके च्याउको खेती गरेका हुन् ।
रुपन्देही तथा काठमान्डौंमा विभिन्न व्यवसाय गर्दै आएका युवाहरुले गाउँमै रोजगारी सृजन ागर्न समूह बनाएर च्याउ खेती गरेका हुन् । समूहका अध्यक्ष चिरञ्जीवी थापाका अनुसार पाल्पामा च्याउ केशवका नामले परिचीत केशव कार्कीको उत्प्रेरणामा डेढ वर्ष अघी देखी च्याउ खेति गर्न थालेका हुन् । अध्यक्ष थापा भन्नुहुन्छ, “आफ्नै गाउँमा पनि केही काम गरौं भन्ने सोच आयो, समूह बनाएर च्याउ खेत ीगर्न थाल्यौं अहिले उत्पादन हुन थालेको छ ” ।
सइटोला गाउँका युवाहरुले १÷१ लाखको लगानि गरी १९ लाखमा सिटाके च्याउको ब्यवासायिक उत्पादन थालेका छन । स्वदेश देखि विदेशमा रहेका युवाहरुको सामुहिक लगानिमा सुरु गरिएको च्याउ फर्ममा अहिले दैनिक ८ देखी १० किलो सम्म च्याउ उत्पादन हुन थालेको छ ।
घर नजिकैको जंगलमा खेर गएका कटुस (धार्ने)को करिब ५ हजार काठको मुडामा सिटाके च्याउ फल्न सुरु गरेको छ । च्याउको यो वर्षको उत्पादन विक्रीपछी अरु थप गर्ने योजनामा रहेको उनीहरु बताउँछन् । “काठका मूडा र फर्म विस्तार गर्ने योजनामा छौं, यो वर्षको उत्पादन विक्री पछी विस्तार गछौं, ”समूहका सचिव विधान कार्की बताउनुहुन्छ । पछिल्लो समय सिटाके च्याउको खेती तर्फ धेरै आर्कषित हुदै गएका छन् । विभिन्न स्वादमा तथा महङगोमा विक्री हुने भएको कारण सिटाके च्याउको व्यवसायिक उत्पादन हुन थालेको हो । सिटाके च्याउ खेतीको लागि सरकारले पनि प्रोत्साहन गर्दै आएको छ । काठमान्डौंमा फरक व्यवसाय गर्दै आउनुभएका समूहका सहसचिव शुसिल थापा भन्नुहुन्छ, “कृषिमा सम्भावना र चुनौती दुवै देखेर यो व्यवसाय गरेका हौं, सरकारी क्षेत्रबाट राम्रो सहयोग पाएका छौं । ”
च्याउमा हासिल गरेको सफलता देखेर लोभिएका युवाहरुले च्याउ केशबको नामले चिनिनु भएका केशव कार्कीले युवाहरुलाई प्राविधिक सहयोग गर्दै आउनुभएको छ । विगत १० वर्ष देखि ब्यवासयिक च्याउँको उत्पादन गर्दै आउनुभएका च्याउ उद्यमी कार्कीले लुम्बिनी प्रदेशमा १ हजार युवालाई रोजगारी प्रदान गर्ने लक्ष्यका साथ अघि बढ्नुभएको छ ।
आफ्नो गाउँ आफैं बनाउ भन्ने संकलपले युवाहरुले सुरु गरेको यो प्रयासले गतिलो उदाहारण प्रस्तुत गरेको छ नै युवाहरुमा बढ्दो वैदेशिक मोहलाई निरुत्साहित गर्न समेत महत्वपुर्ण भुमिका खेल्न सक्ने देखिन्छ ।