राष्ट्यि मा.बि सुखडका शिक्षकहरुले समयमा तलब नपाएको भनेर पेन डाउन गरे राष्ट्यि मा.बि सुखडका शिक्षकहरुले समयमा तलब नपाएको भनेर पेन डाउन गरे

Aug 13, 2019

वीरेन्द्र शाह साउन २८ सुखड,
कैलालीको घोडाघोडी नगरपालिका १ सुखडमा रहेको राष्ट्यि माध्यामिक विद्यालयका शिक्षकहरुले पेन डाउन गरेका छन । शिक्षकहरुले नपढाए पछि मंगलबार विद्यार्थीहरुलाई मध्यान्न १२ बजे नै बिदा दिएको छ । विद्यालय प्रशासनले आफुहरुको तलब समयमा नदिएको र प्रध्यानाध्यापक राम छबिला चौधरीले विद्यालय क्षेत्रमा मनोमानि गरेको भन्दै पेन डाउन अर्थात नपठाएका हुन । जब सम्म प्रध्यानाध्यापक राम छबिलाले आफ्ना माग सम्बोधन र आफु नसुधिर्दा सम्म आफुहरुले नपढाउने शिक्षकहरुले बताएका छन ।

विद्यालय क्षेत्र अस्त व्यस्त भएको विद्यार्थी शिक्षकहरुले गुनासो छ । राम छबिला चौधरी राष्ट्यि माध्यामिक विद्यालयकाको प्रध्यानाध्यापक भएर आए पछि बिद्यालयको पढाईको गुणस्तर पनि खस्किदै गएको बताईएको छ । ८ महिला देखी आफुले तलब नपाएको शिक्षकहरुको गुनासो छ । तलबको बारेमा कुरा गर्न जादाँ राम छबिला चौधरीले आज भोली भन्दै टार्दे गएको शिक्षक दिपक राज गौतमले गुनासो पोख्नु भएको छ । गत वर्ष साउनमा रातह शिक्षकमा नियुक्ती भएको र अहिले सम्म विद्यालय प्रशासनले नियुक्ती समेत नदिएको दिपक राज गौतमले बताउनु भयो ।

आफ्नो मनोमानि गर्ने विद्यार्थी र शिक्षकलाई कुनै खबर रै नगरी काम गरीरहेको समेत उहाँले आरोप लगाउनु भयो । कम्प्युटर बिषय भए पनि ३ वर्ष देखी कम्प्युटर बिषय नै पढाई नहुने गरेको बताईएको छ । बिद्यार्थीहरुले आफुलाई भन्ने गरेको बिद्यार्थीको कुरा हेड सरलाई भन्दा सुने नसुनेका गर्ने गरेको शिक्षक दिपक राज गौतमले भनाई छ । हेड सरले आफ्नो भत्ता उठाउने र बिद्यार्थी शिक्षकको बारेमा केही पनि नसोच्ने गरेको आरोप लगाउनु भयो । आफ्नो तलब चाही महिना महिनामा संचयकोषमा हाल्ने गरेको र आफुहरुको चाही ८ महिना भई सक्दा समेत तलब नदिने गरेको शिक्षकको भनाई छ ।

विद्यालय क्षेत्रमा चरम राजनितिकरण मौलाएको र प्रध्यानाध्यापक राम छबिला चौधरीको मनोमानी दिन प्रतिदिन बढ्दै भएको शिक्षकहरुले बताएका छन । आफुलाई नमुना विद्यालय भन्न पनि लाज लाग्न थालेको अर्का शिक्षक गणेश सापकोटाले बताउनु भयो । केही महिना अगाढी मात्र राष्ट्यि माध्यामिक विद्यालयका नमुना विद्यालयमा छनोट भएको थियो । प्रध्यानाध्यापक राम छबिला चौधरीले विद्यालयमा हुने गरेको कार्यक्रम पनि गुपचुपमा राख्ने गरेको आरोप लाग्ने गरेको छ ।

तलब को साथ साथै विद्यालय व्यवस्थापन समितिले गरेको निर्णय माग्दा समेत प्रध्यानाध्यापकले नदिएकोले पनि पेन डाउन गर्नु परेको अर्का शिक्षक राजु बस्नेतले बताउनु भयो । आफु व्यवस्थापन समितिको शिक्षक प्रतिनिधि भए पनि आफु नहुदा समितिले गरेको निणर्य समेत जानकारी माग गर्दा समेत हेड सर निर्णय दिनुको सट्टा पन्छिने गरेको आरोप लगाउनु भयो । केही दिन अगाढी खोलिएको प्राबि राहत शिक्षकको सुचना शिक्षकहरुलाई समेत कुनै जानकारी नगराई नियुक्ती गरीएको शिक्षकले बताएका छन । गुपचुपमा राहत शिक्षक नियुक्ती गरेको आरोप लागेको छ ।

प्रध्यानाध्यापको काम गराई प्रति विद्यार्थी शिक्षक रुष्ट भएका छन । शिक्षक र विद्यार्थी सगँ बोल्ने शैली समेत भएको प्रध्यानाध्यापक राम छबिला चौधरी माथी आरोप लाग्ने गरेको छ । बोल्दा खेरी झर्केर बोल्ने,भनेको कुरा पनि सुने नसुनको गर्ने गरेको शिक्षकले बताएका छन । यस्तो हकर्तले विद्यालय चल्न नसक्ने भएकाले प्रध्यानाध्यापक पदमा बस्नु भन्दा नैतिकले राजिनामा दिन समेत शिक्षकहरुले प्रध्यानाध्यापक राम छबिला चौधरीलाई आग्रह समेत गरेका छन । प्रध्यानाध्यापक राम छबिला चौधरीले भने शिक्षकहरुले उठाउनु भएको कुरा जायज भएको भन्दै उनिहरुको माग आफु एक्लै गर्न नसक्ने र व्यवस्थापन समितिको बैठक बसालेर समाधान गर्ने बताउनु भएको छ । विद्यालय व्यवस्थापन समितिले गरेको निर्णयहरु दराजमा राखेको र आफु सगँ दराजको चाबी नहुदा देखाउन नसकिएको भनेर पन्छिने काम समेत गर्नु भएको छ ।