साँफेबगर नगरपालिका १४ पातलकोट छाउगोठ मुक्त वडा घोषणा

Feb 4, 2020

माघ २१ अछाम

साँफेबगर नगरपालिका वडा नं १४ पालकोटलाई आज छाउगोठमुक्त वडा घोषणा गरिएको छ । साँफेबगर नगरपालिका वडा नं १४ का अध्यक्ष कर्ण साउदको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि सुदुरपशिम सभा सदस्य हर्क बहादुर कुँवर गोबिन्द रहनुभएको थियो । पातलकोटका सम्पूर्ण महिला महिनावारी भएको समयमा सुरक्षीत रुपमा घरमा बस्न थालेपछि प्रदेश सभा सदस्य कुँवर छाउगोठमुक्त वडा घोषणा घोषणा गर्नुभएको हो ।

छाउगोठमुक्त वडा घोषणा कार्यक्रममा बोल्दै प्रदेश सभा सामाजिक कुरुतिका विरुद्ध सबै एक भएर लाग्नुपर्नेमा जोड दिनुभयो । समृद्ध समाज निर्माणको लागि सामाजिक कुरुतिको अन्त्य हुनु पर्नेमा जोड दिनुभयो । उहाँले कुसंस्कारका विरुद्ध चेतनामूलक कार्यक्रमको लागि प्रदेश सरकारबाट पनि सहयोग हुने बताउनुभयो । कुरीति अत्य नभए सम्म राष्ट्र समृद्ध हुन नसक्ने बताउदै कुवँरले राम्रो काम गर्ने अर्थिक अवस्था कमजोर भएका महिला दिदिबहिनीको लागी प्रदेश सरकारबाट आएआर्जन स्वरुप पुरुष्कार बितरण गरीने बताउनु भयो ।

कार्यक्रममा बिशिस्ट अतिथि जिल्ला समन्वय समितिका प्रमुख नरबहादुर कुँवरले राज्यले बनाएको कानुन कार्यान्वयन गर्दै समाजमा रहेका कुसंस्कार कुरुतिका विरुद्ध सबै लाग्नु पर्नेमा जोड दिनुभयो । यस्तै उहाँले स्थानीयले तहले कुसंस्कार कुरुतिका विरुद्ध चेतनामूलक कार्यक्रम गर्नु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रमका बिशिस्ट अतिथि नगर प्रमुख कुल बहादुर कुँवरले सामाजिक कुसंस्कार रुपका रहेको छाउगोठ भत्काउने अभियान सम्पुर्ण समुदायको सहभागिता हुनु पर्ने जोड दिनुभयो । उहाँले छाउगोठ भत्काएको ठाँउमा अनुगमन गरीने यदी कोहि छाउगोठमा बसेको भेटे कानुनि कारबाहि गर्ने बाध्य हुुने बताउनु भयो । नगर प्रमुख कुवँरले नगरपालिकाले पनि जनता आवास कार्यक्रम सञ्चालन गर्न लागेको समेत बताउनु भयो ।