बाँकेको खजुराले सुरु गरेको घरदैलो स्वास्थ्य शिविर शनिवार सम्पन्न

Feb 23, 2020

रजनी योगी
फागुन ११, बाँके
 बाँकेको खजुरा गाउँपालिकाले गत फागुन ३ गतेदेखि ८ वटा वडामा विशेषज्ञ सेवा सञ्चालन गरिरहेको थियो ।
शनीवार गाउँपालिकाले १ हजार १ सय ८९ ज्येष्ठ नागरिकको स्वास्थ्य चेकजाँच गरेको थियो । खजुरा गाउँपालिकाका ८ वडामा सञ्चालन गरिएको विशेषज्ञ सेवा सहितको निःशुल्क स्वास्थ्य शिविरमा सामाजिक सुरक्षामा सहभागि ज्येष्ठ नागरिकलाई घरदैलोमा पुगेर सेवा प्रवाह गरिएको थियो । ज्येष्ठ नागरिकहरुमा मधुमेह, उच्चरक्तचाप, दम, पेटसम्बन्धि समस्या हाडजोर्नीलगायतका समस्या देखिएको शिविरमा संलग्न स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
शिविरमा क्यान्सर अस्पताल खजुराका डा. क्रिष्टिना नामोक श्रेष्ठ, भेरी अस्पतालका डा. विकास जेनिस न्यौपाने, डा. शुभाष पौडेल, डा. विकास शाह, खजुरा स्वास्थ्य शाखा प्रमुख पूर्णखड्का र नर्सिङ अधिकृत लक्ष्मी केसीलगायतका स्वास्थ्यकर्मी सहभागी भई सेवा प्रवाह गरेका थिए । स्वास्थ्य शिविरमा आएका ज्येष्ठ नागरिकहरुमा १९ प्रतिशतमा उच्चरक्तचाप, १८ प्रतिशतमा हार्डजोर्नी, १४ प्रतिशतमा पेटसम्बन्धि र ११ प्रशितमा मधुमेहको समस्या पाईएको छ । रनीयापुर स्वास्थ्य चौकीमा भएको समापन कार्यक्रममा खजुरा गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत बमबहादुर केसीले यस्ता शिविरहरु यतिकैमा सिमित नगरि अझै व्यवस्थित र प्रभावकारी ढंगले संचालन गरिनुपर्नेमा जोड दिनुभयो ।