बनेपा हेल्थ केएर सेण्टर सामाजिक दायित्वमा देखिदै

Feb 24, 2021

पछिल्लो समय सामजिक संघ सस्थाहरु सामाजिक उत्तरदायित्वको काममा स्वत स्फुर्त रुपमा लाग्ने अभ्यासको विकास भैरहेको छ । यस क्रममा बनेपा नगरपालिकामा सञ्चालनमा रहेको बनेपा हेल्थ केएर सेण्टर मार्फत धुलिखेल स्थित धुलिखेल   क्याम्पसको लागी कोभिड १९ पछि सञ्चालनमा रहेको क्याम्पसको लागी स्वास्थ सामग्री उपलब्ध गराएको छ ।


बनेपामा सञ्चालित बनेपा हेल्थ केएर सेण्टर मार्फत विद्यार्थि तथा प्राध्यापकको लागी प्रयोगका लागी विभिन्न साईजको भाडोमा स्थानिटाईजर, सर्जिकल माक्स ४०० वटा सहित फष्ट एड किट उपलब्ध गराएको धुलिखेल क्याम्पसका क्याम्पस प्रमुख सागर तिवारीले बताउनु भयो । स्वास्थ सहयोग सामग्री बनेपा हेल्य केएर सेण्टरका व्यवस्थापक शिव पौडेल तथा सन्तोष रोकायले  क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष जवाहर लाल श्रेष्ठलाई हस्तान्तरण  गर्नु भएको थियो । अहिलेको तथ्यांकको आधारमा सञ्जिवनी क्याम्पसमा  २५० जना बिद्ययार्थि अध्ययन गर्दै आएका छन ।


आजभोलि स्नातक तह तृतीय बर्षको परिक्षा चलिरहेको छ । यस परिक्षालाई समेत स्वास्थ सुरक्षाको तवरमा समेत थप टेवा पुग्ने गरी स्वास्थ सामग्रील् क्याम्पसलाई सहयोग पुगको छ । काभ्रे जिल्लामा रहेको शिक्षा व्यवस्थापन संकाय समूह अन्र्तगतको क्याम्पसको परिक्षा केन्द्र समेत यहि तोकिएको अनुसार सञ्चालन भैरहेको छ ।