साँफेबगर नगरपालिकाद्वारा असिना पिडितलाई गहुँ वितरण

Jun 8, 2019

तपेन्द्र कुँवर
जेठ २५,अछाम

साँफेबगर नगरपालिकाका उपप्रमुख बिर्मला बुडथापाले नगरपालिकाले वितरण गर्दै आएको गहुँको विउ वितरण पारदर्शि हुनुपर्नेमा जोड दिनुभएको छ । साँफेबगर नगरपालिका वडा नम्बर ११ देविस्थानका असिना पिडित कृषकहरुलाई हिजो गहुँ बितरण वोल्दै उपप्रमुख बुडथापाल बुड्थापाले राहत थोरै भएपनि सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो । वैशाख महिनामा परेको असिनापानीका पिडित कृषकहरुलाई साँफेबगर नगरपालिकाले गहुँ वितरण गरिरहेकाे छ ।

साँफेबगर नगरपालिका वडा नम्बर ११, देविस्थानका असिना पिडित कृषकहरुलाई गहुँ बितरण गरिएको हो । साँफेबगर नगरपालिकाले सबै भन्दा धेरै क्षति भएको धामिलेखमा ५० केजि, गैरागााउ ४० केजि र अन्य स्थानमा असिनापानीले गरेको क्षतिकाे आधारमा गहुँ वितरण गरेको छ । वडा अध्यक्ष गणेश खड्काको अध्यक्षतामा भएको राहत बितरण कार्यक्रममा प्रमुख अतिथी साँफेबगर नगरउपप्रमुख बिर्मला बुडथापा रहनु भएको थियो । असिनापानी पिडित कृषकलाई ८७ कुण्डल गहुँ बितरण गरेको हो । वैशाख महिनामा परेका असिनापानीका त्यहाँका अधिकांस कृषकका गहुँवालिका पुर्ण रुपमा क्षति भएको थियो । आर्थिक अवस्था कमजोर भएका, दलित, एकल कृषक महिलाहरुलाई गहुँ बितरण गरिएको हो ।

बैशाख महिनामा परेका असिनापानीका कारण साँफेगर नगरपालिकाका ६ वटा वडामा बढि क्षति भएको थियो । यो भन्दा अघि साँफेबगर नगरपालिका वडा नम्बर १४ पातलकोट र वडा नम्बर ९ बुढाकोटका असिनापानीका पिडित कृषकहरुलाइ गहुँ बितरण गरिएको थियो । राहत विरतण कार्यक्रममा नगरकार्यपालिका सदस्य शंकर भुल, पूर्व गाविस अध्यक्ष गगन बोहरा, नेकपा वडा कमिटी अध्यक्ष राम बहादुर बोहरा, नेकपाका नेता खकेन्द्र ओड, कृर्षी शाखाका प्रमुख सुरेन्द्र कुवँर, प्राविधिक भक्त बिक, सुरक्षाकर्मी लगाएतको सहभागिता रहेको थियो । वडा सदस्य दान बहादुर धामीको स्वागत मन्तव्य राख्नुभएकोे संञ्चालन प्रकाश खातिले गर्नु भएको थियो ।