बन्न लागेको सडकको स्थानीय युवाद्वारा अनुगमन 

Nov 16, 2019

वीरेन्द्र शाह, कात्तिक ३० सुख्खड,
कैलालीको गौरी गंगा नगरपालिका ९ शंकपुरमा रहेको माहादेवा रेडियो श्रोता समुहले बन्दै गरेको सडकको अनुगमन गरेको छ । केही दिन अगाडी रेडियो श्रोता समुहका सदस्यहरुले सडकको अनुगमन गरेको हुन । शंकरपुर चोक देखी उत्तर दक्षिण तिर कालो पत्रे हुन लागेको सडकको अनुगमन गरेको माहादेवा रेडियो श्रोता समुह सहजकर्ता प्रेम जोशीले जानकारी दिए । नगरपालिकाले उक्त सडक कालो पत्रे गर्नको लागी ५० लाख रुपैया बिनियोजन गरेको छ । शंकरपुर चोकदेखी उत्तर तिर ८ सय मिटर र दक्षिण तिर ८ सय मिटर सडक कालो पत्रे गर्न लागीएको छ । अनुगमनको क्रममा उत्तर तिरको सडकमा ठेकेदारले ग्राबेल पातलो हालेको र दक्षिण तिरको सडकमा ग्राबेल ठिकै हालेको आफुहरुले पाएको माहादेवा रेडियो श्रोत्रा समुहका सहजकर्ता प्रेम जोशी ले बताए ।

आफ्नो गाउँ घर तिर भईरहेका बिकास निमार्णका काममा चासो र निगरानी गर्नु आम नागरीकको महत्वपुर्ण दायित्व भएको उनले बताए । नगरपालिकाले गर्ने हरेक योजनाहरुमा आम नागरीकले चासो,सहभागीता र निगरानी बढाएको खण्डमा बिकास निमार्णका कामहरु गुणस्तर र मजबुत हुने रेडियो श्रोत्रा समुहका कोषाअध्यक्ष शारदा पन्तले बताए । बन्नै लागेको सडकको अनुगमन पश्चात वडा नम्बर ९ का वडा अध्यक्ष हरि तिवारीलाई जानकारी गराई सकेको प्रेम  जोशीले जानकारी दिए । वडा अध्यक्षले यस बारेमा ठेकेदार र नगरपालिकालाई जानकारी गराउने आश्वास दिएको उनको भनाई छ ।अमेरीकी अन्तराष्टीय बिकास नियोग यु.एस.आ.डी को सहयोगमा संचालित पारस्परिक जवाफदेहिता कार्यक्रमका लागी एफएचआईथ्रिसिस्ठी सगंको सहकार्यमा इक्वेल एक्सेसले रेडियो श्रोत्रा समुह गठन गरेको छ । रेडियो श्रोत्रा समुहले महिनाको दुई पटक बैठक बसि रेडियो कार्यक्रम साझा बोली सुन्ने र प्रतिकृया दिने गर्दछन ।