सुशासन र जवाफदेहिता सम्बन्धि तालिम सम्पन्न ।।

Aug 14, 2019

सुशासन र जवाफदेहिता सम्बन्धि तालिम डुङ्गेश्वर गाउँपालिकामा सम्पन्न भएको छ । युरोपीयन युनियनको आर्थिक सहयोग हेल्भेटास नेपालको प्राविधिक सहयोग र सजग परियोजना दैलेखको आयोजनामा तालिम सम्पन्न गरीएको थियो ।

डुङ्गेश्वर गाउँपालिका भरी रहेका महिला जनप्रतिनिधिहरुका लागी तालिम आयोजना गरीएको हो । महिला जनप्रतिनिधिहरुलाई स्थानिय सरकार सञ्चालन ऐन,काम कर्तव्य र अधिकारका बारेमा जानकारी गराएको थियो । अधिकार मुखी अवधारण तथा सबालमा पैरवीमुखि जानकारी तालिममा गराएको थियो ।

स्यानिय तहमा काम गर्दा कानुन बारे जानकारी नहुदा महिला जनप्रतिनिधिलाई निकै अप्ठ्यारो पर्ने गरेको तालिममा सहभागीले बताएका थिए । स्थानिय तह सञ्चालन आएपनि कतिपय कुरामा थाहा नपाएर काममा समेत अवरोध हुने गरेको उनिहरुको भनाई थियो ।