स्थानिय तहको सामाजिक जवाफदेहिता खोज्न सक्रिय बन्दै दोलखाका रेडियो श्रोता समुहहरु

Feb 26, 2018

रेडियो कार्यक्रम साझाबोली मार्फत प्रसारण भएका सामग्री सुनेर आवश्यक छलफल गरी विभिन्न अभियान सञ्चालनका लागि दोलखाका गठन भएका रेडियो श्रोता समुहले आफ्नो गतिविधिलाई थप प्रभावकारी बनाउने भएका छन् ।


मानव अधिकार सचेतन तथा विकास केन्द्र हुराडेक नेपाल दोलखाले युएसएआईडीको आर्थिक सहयोगमा संचालिन पारस्परिक जवाफदेहिता कार्यक्रम मार्फत गत आइतबार दोलखा सदरमुकाम चरिकोटमा आयोजना गरेको संयुक्त बैठकमा रेडियो श्रोता समुहका सहजकर्ताहरुले रेडियो सुनेर आफुहरुले समय सान्दर्भिक गतिविधि सञ्चालन गर्ने प्रतिवद्धता जनाए । कार्यक्रम अन्तर्गत दोलखा जिल्लामा ३ वटा रेडियो श्रोता समुह गठन भएका छन् ।

बैठकमा रेडियो श्रोता समुहका सहजकर्ता, सामुदायिक संचारकर्मी, दोलखा जिल्लामा साझाबोली रेडियो कार्यक्रम उत्पादन र प्रसारण गर्दै आएको साझेदार रेडियो-रेडियो शैलुङ सामुदायिक एफएम र परियोजनाको स्थानिय साझेदार संस्था हुराडेकका प्रतिनिधिको उपस्थिति थियो । सो बैठकमा साझाबोली कार्यक्रममा उठान हुने विषयवस्तु, साझाबोलीको उत्पादन प्रक्रिया, रेडियो श्रोता क्लवको भुमिका र आगामी दिनमा गरिने समन्वयका बारेमा छलफल भएको थियो ।