सडक,विद्युत र शिक्षक तत्काल व्यवस्थापन गर्न स्थानीयको माग

Jun 12, 2019

सल्यान, जेष्ठ २९

सल्यानकाे छत्रेश्वरी गाउपालिकामा सडक, विद्युत र शिक्षक तत्काल व्यवस्थापन गर्न स्थानीयले माग गरेका छन । जिल्लाको छत्रेश्वरी गाउँपालिका सल्यानले आयोजना गरेको सार्वजनिक सुनुवाई तथा रेडियो बहस कार्यक्रममा बोल्ने बक्ताहरुले सडक, विद्युत, र विद्यालयमा शिक्षकको व्यवस्थापन गर्न माग गरेका छन् ।


गाउँपालिकाको वडा न ५, ६ र ७ न वडामा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्ने बक्ताहरुले स्थानीय सरकारको अनुभुति हुने गरी विकास निमार्ण गर्न माग गरेका हुन् । सदरमुकाम नजिकै भएपनि विकास निमार्णमा पछि परेको भन्दै बस्तीस्तरबाट छनौट भएका योजनालाई कार्यन्वयन गर्न उनीहरुले माग गरेका हुन । वडा न ५ लेखपोखरामा आयोजित कार्यक्रममा बोल्ने बक्ताहरुले लेखपोखराबासीको पहिलो माग विद्युत भएकाले विगत वर्षझै यो वर्ष विद्युतको बजेट फ्रिज भए लेखपोखराबासीका लागि अन्याय हुने बताए । यस्तै गाउँपालिकाले सरुवा गरेका शिक्षक तोकिएको स्थानमा नजाँदा विद्यार्थीहरु पढ्नबाट बञ्चित भई रहेको बताए ।
वडा न ६ र ७ मा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा खानेपानी मुख्य समस्या भएकाले खानेपानीको व्यवस्था गर्न आग्रह गरेका हुन् । नेपालकाे सुशासन एेन २०६४ अनुसार प्रत्येक सार्वजनिक निकायले वार्षिक रूपमा कम्तीमा २ पटक अाफुले प्रदान गर्ने सेवा सुविधाकाे बारेमा स्थानीय सराेकारवालाबिच सार्वजनिक सुनुवाइ गर्नुपर्ने ब्यबसथा गरेकाे छ ।