बैतडीमा एक सुत्केरीको महिलाको हेलिकोप्टर मार्फत उद्धार

Oct 31, 2019

जयराज अवस्थी
बैतडी/कात्र्तिक १४


बैतडीको दुर्गम सिगास गाउँपालिकामा सोमबार एक सुत्केरी महिलाको हेलिकोप्टर मार्फत उद्धार गरिएको छ । जिल्लाको सिगास गाउँपालिका वडा. न ६ लेकमकी २३ बर्षीया सुत्केरी महिला धाना साउँदको नेपाली सेनाको हेलिकोप्टर मार्फत उद्धार गरेर कोहलपुर मेडिकल कलेजमा पुर्याइएको हो ।

धाना सुत्केरी व्याथा लागेपछि सोमबार बिहान ६ः४५ बजे स्थानीय प्रसुती सेवा केन्द्र लेकममा पुग्नुभएको थियो । त्यसपछि बिहान ९बजेर ५० मिनेटमा प्रसुती सेवा केन्द्र लेकममा सुत्केरी भएकी धानाको अत्यधिक रक्तश्राव  नरोकिएपछि धाना साँउदलाइ राष्ट्रपति उद्धार कार्यक्रम अन्तर्गत सुत्केरी महिलाको उपचारका लागि हेलिकोप्टर मार्फत उद्धार गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिनुभयो ।


सुत्केरी भएपछि महिलाको अत्यधिक रक्तश्राव भएको खबर सुनिसकेपछि हेलिकोप्टरको व्यवस्था गरिएको उहाँले बताउनुभयो । साउँदको करीब ४ बजेर ३० मिनेटमा लेकमबाट उद्धार गरेर कोहलपुर मेडिकल कलेजमा भर्ना गरिएको सुत्केरीको साथमै रहनुभएका प्रसुती सेवा केन्द्र लेकमकी अनमी पार्वती बोहरा साउँदले जानकारी दिनुभयो ।