बेदकोटमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

Jan 12, 2019

कञ्चनपुर, पुस २८
बेदकोट नगरपालिकामा एकदिन निःशुल्क स्वास्थ्य शिविर संचालन भएको छ । बेदकोट नगरपालिकाको आयोजना र कैलालीको धनगढीमा रहेको माया मेट्रो अस्पतालको सहयोगमा वडा नम्बर ६ स्थित श्री भुवनेश्वरी माविमा बेदकोट नगरपालीकाको आयोजना तथा एक दिने निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको हो ।
शिविरमा बाल रोग विषेशज्ञ, प्रशुति रोग विषेशज्ञ, नाक कान घाटी रोग विषेसज्ञ, फिजिसियन तथा हाड जोर्नी सम्बन्धि चेकजाँच गरिएको छ । विषेशज्ञ डक्टरहरुको उपस्थितिमा विरामीहरुलाई निशुल्क स्वास्थ्य जाँच गरीएको वेद्कोट नगरपालिकाका नगर प्रमुख अशोक चन्दले बताउनु भयो ।
यसैगरी, दिर्घायु क्लिनिक एण्ड मेडीकेयरले समेत काठमाण्डौबाट विशेषज्ञ डाक्टर बोलाएर स्थानीयको निःशुल्क स्वास्थ्य परीक्षण गराएको छ ।
सुदूरपश्चिममा विशेषज्ञ डाक्टर नभएको र स्वास्थ्य सेवामा गरिब तथा विपन्न वर्गका बिरामीको पहुँच नहुने भएकाले आफूले काठमाण्डौबाठ डाक्टर मगाएर निःशुल्क स्वास्थ्य परिक्षण गराएको दिर्घायु क्लिनिक एण्ड मेडीकेयरका संचालक अनिल कुमार भट्टले बताउनुभयो ।
गाउँमै निःशुल्क स्वास्थ्य शिविर संचालन भएपछि स्थानीय भने हर्षित भएका छन् ।