घोडाघोडीमा सांगितिक तथा पर्यटन महोत्सब एवम व्यापार मेलाको आयोजना हुदै

Dec 9, 2019

वीरेन्द्र शाह, मसिंर २३ सुखड,
कैलालीको घोडाघोडी नगरपालिकामा घोडाघोडी सांगितिक तथा पर्यटन महोत्सब एवम व्यापार मेला २०७६ को आयोजना हुने भएको छ । घोडाघोडी मिडिया सन्चार समुहको आयोजनामा महोत्सब हुने सोमबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको छ ।

“स्वास्थ्य, शिक्षा, सुचना विकासको अभियान, कृर्षि, संस्कृति र पर्यटन हाम्रो पहिचान” भन्ने मुल नाराका साथ माघ २ देखी माघ १२ गते सम्म महोत्सब हुने भएको हो । सरकारले नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्राउने लक्ष्य राखेको हुदा त्यसलाई सफल पार्न आफुहरुले यस क्षेत्रको पर्यटकिय क्षेत्रको प्रचारप्रसार गर्नको लागी महोत्सब आयोजना गर्न लागेको महोत्सब मुल आयोजक समितिका संयोजक हरेन्द्र चौधरीले जानकारी दिए ।

यस क्षेत्रमा रहेका घोडाघोडी ताल, चिडिया ताल, नकरोड बुढिया ताल, घोडाघोडी धार्मिक तथा पर्यटकिय, क्षेत्र बर्दगोरिया धार्मिक क्षेत्र, लोकहा भौकहा ताल, कोईलही ताल, जोखर ताल, गोदावरीधाम, चिसापानी, टिकापुर पार्क लगायतका धार्मिक तथा प्राकृतिक पर्यटन स्थलहरुको प्रचारप्रसार गरी विकासमा टेवा पुग्ने पत्रकार सम्मेलनमा संयोजक चौधरीले जानकारी बताए । महोत्सबले गर्दा स्थानिय कला सांस्कृतिकको जगेर्ना गरी बिकासमा टेवा पुग्ने, स्थानिय उत्पादनहरुलाई बजारमुखी बनाई बजार सम्म सहज पहुँचको व्यवस्था मिलाई टेवा पुग्ने र स्थानिय स्तरमा रहेको थारु, राजी, मगर र माझी जातिहरुको कला संस्कृतीको पहिचान गरी प्रर्बधनमा टेवा पुग्ने महोत्सब मुल आयोजक समितिका संयोजक चौधरीको भनाई छ ।

संयोजक चौधरीले महोत्सब बाट उठेको केही रकम गरिब तथा असहाय अनाथ बालबालिकाहरुलाई सहयोग सामाजिक कार्यमा खर्च गरीने बताए । घोडाघोडी सांगितिक तथा पर्यटन महोत्सब एवम व्यापार मेलामा एक सय स्टल रहने र मेला भित्र रमाइलो मेला, बाल उधान, उत्कृष्ट स्टल पुरस्कार, कृषि उत्पादन प्रदर्शनी, राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुत, जनजाति तथा आदिबासी समुदायको रहन सहन भेषभुषाको प्रस्तुती र कृषि विज्ञहरु बाट किसानहरुलाई तालिम व्यवस्था रहने बताईएको छ । महोत्सवमा करिब ३ देखी ४ लाख सम्म अवलोकन कर्ताहरुले अवलोकन गर्ने र महोत्सव भरी १ करोड बराबरको कारोबार हुने अपेक्षा आयोजकले लिएको छ । महोत्सव घोडाघोडी नगरपालिका १ सुखडको हेलिप्याडमा संचालन हुने बताईएको छ ।