सन्धिखर्कका बादी समुदायका १४ बालबालिकालाई न्यानो कपडा बितरण ।

Jan 25, 2021

रुद्रमणि भुसाल
माघ १२ अर्घाखाँची ।
दिनभर काम गरेर बेलुकाको छाक टार्ने ८ घरपरिवारलाई जिल्ला विपत व्यवस्थापन समितीले तातो र न्यानो कपडा वितरण गरेको छ । १० वर्ष मुनिका बालबालिका र २ अपाङ्गहरुलाई तातो र न्यानो कपडा, कम्मल र तिर्पाल वितरण गरिएको प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले बताँउनुभयो ।
चिसो महिनाको समयमा आफनो घर नहुने, बिहान बेलुका छाक टार्न समस्या हुने समुदायका परिवारहरु विचल्लीत पर्ने गर्दछन् । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं. २ का वादी समुदायका घरपरिवारलाई दैनिकी चलाउँन निकै कठिनाई भएको स्थानिय बिमला बादीले बताउनुभयो ।

प्युठान तथा अर्घाखाँचीका विभिन्न ठाउँका बादी परिवार सन्धिखर्क नगरपालिका वडा नं. २ मा २०४१ सालदेखी बस्दै आएका छन । जाडोयामको समयमा दैनिकी चलाउँन समेत निकै गाहृो हुने भएकाले विभिन्न संघसंस्थाले सहयोग गर्दै आएको वडा सदस्य सिता श्रेष्ठले बताउनु भयो । बादीसमुदायका बालबच्चाका लागी निशुल्क शिक्षा, रोजगारका कार्यक्रम आउँदा प्राथमिकतामा राख्ने गरेको सन्धिखर्क नगरपालिका वडा नं. २ का वडाअध्यक्ष मोतिजंग रायमाझीको भनाई छ ।
न्यानो कपडा वितरणमा अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विष्णु पौडेल, सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापा, शशस्त्र प्रहरी प्रमुख, अनुसन्धान कार्यालयका प्रमुख, वडा अध्यक्ष मोतिजंग रायमाझी, वडा सदस्य सिता श्रेष्ठ लगाएतको उपस्थितीमा घरमै पुगेर न्यानो कपडा बितरण गरिएको हो ।