बर्दियाको बढैयातालमा क्वारेन्टाइन, आइसोलेसन र स्वास्थ्यचौकीको संयुतmअनुगमन सम्पन्न

Oct 14, 2020

असोज २५ गते
बर्दियाका बढैयाताल गाँउपालिकामा अवस्थित क्वारेन्टाइन,आइसोलेसन र स्वास्थ्यचौकीको संयुक्त अनुगमन गरीएको छ । सूचना र मानवअधिकार अनुसन्धान केन्दको सक्रियतामा बढैयातालमा रहेको क्वारेन्टाइन, आइसोलेसन र स्वास्थ्य चौकीको संयुतmअनुगमन गरिएको हो । उक्त अनुगमनमा बढैयाताल गाउँपालिकाका उपाध्यक्ष दिपाकुमारी गौतम, सूचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगंजका उपाध्यक्ष कृष्णमुरारी प्रसाद भट्ट, कार्यक्रम अधिकृत जनक ब.थापा, बर्दिया नागरिक संजालका संयोजक बालकृष्ण वली, शारदा बहुमुखी क्याम्पस मैनापोखरका अध्यक्ष प्रेमराज त्रिपाठी, ओरेक नेपाल बर्दियाका संयोजक शर्मिला निरौला लगायत संन्चारकर्मीहरुको सहभागिता रहेको थियो । अनुगमनमा सहभागीहरुले बढैयाताल वडा न.८मा रहेको बिद्या ज्याति मा.बि कण्ठपुरको क्वारेन्टाइन, शारदा बहुमुखी क्याम्पसमा रहेको आइसोलेसन र बढैयाताल वडा न.८ मा रहेको कालिका स्वास्थ्य चौकीको अनुगमन गरेका थिए । अनुगमनको क्रममा बिद्याज्याति मा.बि कण्ठपुरको क्वारेन्टाइनमा खानेपानी र शौचालयको केही मात्रामा समस्या रहेको त्यहां बस्ने नागरिकहरुले बताएका थिए । क्वारेन्टिनमा २३ जना पुरुष र ५ जना महिला गरी जम्मा २८ जना रहेका थिए । महिला र पुरुषउक्तरुको छुट्टछुट्टै सुत्ने कोठा भएपनि शौचालय भने एउटै रहेको बताएका थिए । त्यसैगरी शुरुमा क्वारेन्टिइनमा बस्द खानामा समस्या भएपनि पछि सबैले गुनासो गरेपछि अहिले खानामा कुनै कमी नरहेको उहाँहरुले बताएको थिए । त्यसैगरी शारदा बहुमुखी क्याम्पसमा रहेको आइसोलेसनमा अनुगमन गर्दा ३ जना पुरुष रहेका थिए ।

आइसोलेसनमा बस्ने स्वास्थ्यकर्मीसंग जानकारी लिदा, आइसोलेसनमा बस्नेहरुलाई निगरानीको लागि सिसिक्यामरा जडान गरीएको, अक्सिजनको ब्यवस्था, स्वास्थ्यकर्मीबाट बिरामीहरुको नियमित रुपमा स्वास्थ्य उपचार र रेखदेख गरिएको स्वास्थ्य चौकी मैनापोखरका अहेव पशुपति ज्ञवालीले बताउनु भएको थियो । त्यसैगरी क्वारेन्टिन र आइसोलेसनमा बस्ने नागरीकहरुलाई गाँउपालिकालले खाना र नास्ता गरी दिनमा ४ पटक दिने गरेको आइसोलेसनमा बस्ने नागरीकहरले बताएका थिए । त्यसैगरी अनुगमन गर्ने क्रममा कालिका स्वास्थ्यचौकीको अवलोकनका समेत गरीएको थियो । अवलोकनमा गर्ने क्रममा त्यहां कार्यरत स्वास्थ्यकर्मीहरुसंग छलफल गर्दा स्वास्थ्यचौकी बाट सेवा सुबिधा लिनेको संख्या बढेको बताएका थिए । पहिले दिनमा २० देखि ३० जनाको संख्यामा सेवाग्राहीहरु सेवा लिन आउने गरेका थिए भने अहिले दिनमा करिव ६० देखि ७० जना आउने गरेको त्यहां कार्यरत स्वास्थ्यकर्मीहरुले बताएका थिए । कालिका स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीहरुले स्वास्थ्यकर्र्मी कर्मचारीको संख्या कमीभएको कारण दिनमा मात्रै स्वास्थ्यचौकीमा प्रसुती गृह सन्चालन गर्ने गरेको बताएका थिए । साथै प्रसुती गृह सन्चालन गर्न गर्दा गेत र भनवको समेत अभाव रहेको बताएका थिए । अनुगमनको अन्त्यमा सहभागीहरु बिच अनुगमन बारे समिक्षा पनि गरिएको थियो ।

समिक्षा कार्यक्रममा शारदा बहुमुखी क्याम्पस मैनापोखरका अध्यक्ष प्रेमराज त्रिपाठीले बढैयाताल गांउपालिकाले नागरिकको स्वास्थ्य सेवामा गरिरहेको काम प्रसंशनिय भएपनि अझै सुधार गर्नुपर्ने आवश्यक रहेको बताउनु भएको थियो । त्यस्तै नागरिक समाजबर्दियाका संयोजक बालकृष्ण वलीले नागरिकका हकहितको रक्षाका लागी सबैले आआफनो तहतप्काबाट जिम्मेवारी लिनुपर्ने धारणा ब्यक्त गर्नु भएको थियो । सूचना र मानवअधिकार अनुसन्धान केन्द्रका उपाध्यक्ष कृष्णमरारी प्रसादभट्टले नागरिकको जिउ ज्यानको रक्षका लागी स्थानिय सरकारले अझै आफनो भूमिका बढाउनुपर्ने सुझाव दिनु भएको थियो । समिक्षा कार्यक्रममा सबैको सुझाव सुनेपश्चात बढैयाताल गाउँपालिकाका उपाध्यक्ष दिपाकुमारी गौतमले गाउँपालिकाले आफनो साधनस्रोतको प्रयोग गरी क्वारेन्टाइन र आइसोलेसनको भरपुर सहयोग गरिरहेको बताउनु भएको थियो । साथै गाँउपालिकाले बिरामीहरुको सेवा सुबिधामा ध्यानदिने र नागरिकहरुलाई आधारभूत स्वास्थ्य सुबिधाबाट बन्चित हुन नदिने प्रतिबद्घता समेत ब्यक्त गर्नुभएको थियो ।

त्यसैगरी अनुगमनकै क्रममा सूचना र मानवअधिकार अनुसन्धान केन्द्रका उपाध्यक्ष कृष्णमुरारी प्रसाद भट्ट र कार्यक्रम अधिकृत जनक ब. थापाले बर्दियाका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीसंग कोबिड १९को असर, क्वारेन्टाइन र आइसोलेसनमा रहेका बिरामीहरुले पाइरहेका सुबिधाको बारेमा जानकारी गराउदा प्रमख जिल्ला अधिकारी लिलाधर अधिकारीले नागरिकको मानवअधिकार संरक्षण तथा प्रर्बद्र्घन गर्नमा जिल्ला प्रशासन कार्यालय बर्दिया सधै सहयोग गर्ने र कोबिड १९ को असरबाट बच्न सबैले आआफनो तर्फबाट भूमिका बढाउनु पर्ने बताउनु भएको थियो ।