चार बर्षमा बालविवाह मुुक्त गर्ने गाउँपालिकाको प्रतिबद्धता

Sep 4, 2018

अनाेज थारू 

भाद्र १९, बर्दिया

बढैयाताल गाउँपालिकाले चार बर्ष भित्र गाउँपालिकालाइ बालविवाह मुक्त बनाउने प्रतिबद्धता जनाएको छ । मंगलबार बढैयाताल गाँउपालिकाका जनप्रतिनिधि, संघसंस्था, बालबालिका, शिक्षक, अभिभावकहरु बिच गाउँपालिकाकाकी उपाध्यक्ष दिपाकुमारी गौतमले “बाल विवाह अन्त्य गर्न सम्भव छ” भन्दै बढैयाताल गाउँपालिकालाई बाल विवाह मुुक्त बनाउने साझा प्रतिबद्धता वाचन गरेर प्रतिबद्धता जनाउनु भएकाे हाे । 

बढैयाताल गाउँपालिकाका अध्यक्ष लाल बहादुुर श्रेष्ठले “बाल विवाह अन्त्य गर्न सम्भव छ” भन्दै आफनो कार्यकालको चार बर्ष भित्र बढैयाताल गाउँपालिकाको सम्पूर्ण वडाहरूलाई बालविवाह मुुक्त घोषणा गर्ने प्रतिबद्धता जनाउनुु भयो । प्रमुुख अतिथि समेत रहनुुभएका गाउँपालिका अध्यक्ष श्रेष्ठले बाल विवाह एक जघन्य अपराध भएकोले यसलाई निर्मुुल पार्नुु पर्नेमा जोड दिनुुभएकाे थियाे ।

त्यसैगरी वडा नं. १ का वडा अध्यक्ष शेर बहादुुर थापाले बाल विवाह रोक्नलाई सबै एकजुुट हुुनुु पर्ने बताउनुुभयो ।

सो कार्यक्रमको विशिष्ट अतिथि बाल विवाह निर्मुुुल परियोजना संयोजक चक्रराज गिरीले बाल विवाहले गर्दा अहिले समाजमा घरेलुु हिंसा बढि रहेको बताउनु भयो । साथै उहाँले बाल विवाह रोक्नको लागि सम्पूर्ण सरोकारवाला निकायहरु सक्रिय भएर लाग्नु पर्नेमा जाेड दिनुभयाे ।

घोषणा प्रतिबद्धता पत्रको बारेमा बालअधिकारकर्मी रमा भण्डारीले जानकारी गराउनु भएको थियो । कार्यक्रममा स्वागत मन्तब्य महिला तथा बालबालिका शाखाका प्रमुुख कल्पना गाहाले गर्नुु भएको थियो भने कार्यक्रम सन्चालन सुुन्दर चौधरीले गर्नुु भएको थियो । बढैयातालमा एकपात लक्जम्वर्गको आर्थिक सहयोगमा आवाज संस्थाको समन्वय र बढैयाताल गाउँपालिका आयोजनामा बाल विवाह निर्मुुल परियोजना सञ्चालनमा छ ।