घोडाघोडीमा मानब बेचबिखन तथा बाल विवाह न्युनिकरण विरुद्ध जनचेतना मुलक कार्यक्रम सम्पन्न

Nov 13, 2020

कात्तिक २८ सुखड ।
कैलालीको घोडाघोडी नगरपालिका २ साडेपानिमा मानब बेचबिखन तथा ओसारप्रसार नियन्त्रण र बाल विवाह न्युनिकरण सम्बन्धी १ दिने जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ । मानब बेचबिखन तथा ओसारप्रसार नियन्त्रण, बाल विवाहले निम्त्याउने समस्या र ऐन नियममा भएका कानुनको बारेमा जानकारी दिनको लागी कार्यक्रम गरीएको हो ।

कार्यक्रममा वडा भित्रका बालकलब,आमा समुह, भल्मन्सा,शिक्षक,युवा समुहका प्रतिनिधिहरुको सहभागीता रहेको थियो । कार्यक्रमको सहजीकरण इलाका प्रहरी कार्यलय सुखडका प्रमुख प्रहरी नायब उपरिक्षक सागर बोहरा र अभिवक्ता पुष्प विक्रम शाहीले गरेका थिए । मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण, महिला बालबालिका तथा जेष्ठ नागरिक विरुद्ध हुने अपराध लगायत अन्य सामाजिक विकृति नियन्त्रणका लागि सवै सरोकारवाला निकायहरु ऐक्यवद्ध भएर आगाडी बढ्नुपर्ने प्रहरी नायब उपरिक्षक सागर बोहराले बताए ।

मानव बेचबिखन तथा ओसार पसार नियन्त्रणमा प्रहरीले मात्र एक्लैले गर्न नसक्ने हुदा समुदायहरुको भुमिका एक दमै महत्वपुर्ण हुने बताए । आपसी सहयोग एवम् समन्वय गर्दै आगाडी बढेको खण्डमा यस्ता अपराधिक क्रियापकलहरु समुदाय बाट आफै नियन्त्रण हुने उहाँको विश्वास रहेको थियो । पछिल्लो समय समुदायमा बाल विबाहा बढेको अधिवक्ता पुष्प विक्रम शाहीले बताए । शारीरिक तथा मानसिक रोगको शिकार हुने, घरमा विभेद र घरेलु हिंसा सहन बाध्य हुने, कामको बोझ बोक्नुपर्ने,कमै उमेरमा सन्तान जन्माउँदा आमा शिशुको मृत्यु हुने जस्ता समस्या हुने उनले बताए ।

नेपालको कानुनले बालविवाह गर्ने र गराउनेलाई तीन वर्ष कैद र ३० हजारसम्म जरिवानाको व्यवस्था गरेको उहाँले सहभागीहरुलाई जानकारी गराए । बाल विवाहको उन्मूलन गर्न विशेष गरी छोरीहरुको सशक्तीकरण गर्नुपर्ने अधिवक्ता पुष्प विक्रम शाहीले बताए । बाल विवाह गैरकानुनी हो, यसबाट बालबालिकाले शारीरिक, मानसिक र शैक्षिक विकासको अवसर र रहर सबै गुमाउनुपर्छ भन्ने जान्दा जान्दै पनि यस्तो गलत परिपाटीका विरुद्ध संगठित भएर आवाज उठाउने पर्ने उनले बताए । कार्यक्रममा सहभागीहरुले कार्यक्रम एक दमै राम्रो भएको र धेरै कुरा सिक्न पाएको उनिहरुको धारण थियो ।